
रौतहट ,९ गते अषाढ
रौतहट जिल्लाको गौर नगरपालिकाको १६औं नगरसभा आज भव्य रूपमा सम्पन्न भएको छ। नगर प्रमुख शम्भु साहको प्रमुख अतिथिमा सम्पन्न भएको छ ,आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६१ करोड १५ लाख ९७ हजार २६१ रुपैयाँको बजेट प्रस्तुत गरिनुका साथै नगरसभाबाट सर्वसम्मत रूपमा पारित गरिएको छ।
नगरपालिकाले आगामी वर्षमा शिक्षा, स्वास्थ्य, रोजगार, कृषि तथा महिला तथा बाल विकास जस्ता क्षेत्रहरूमा विशेष प्राथमिकता दिँदै योजना अघि बढाउने प्रतिबद्धता जनाएको छ। हाम्रो अभियान समृधी , विकास र गौर नगरपालिका श्रेष्ठ पहिचानको नाराले गौर नगरपालिका यश पाली नगर सभा सम्पन्न गरिएको छ ।
राजस्व बाँडफाँटबाट प्राप्त रकम संघ र प्रदेशको रकमका साथै संघीय सरकारबाट समानीकरण अनुदान, ससर्त अनुदान चालूरपुँजीगत, विशेष अनुदान पुँजीगत र समपूरक अनुदान पुँजीगत, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, ससर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी उक्त बजेट प्रस्तुत गरिएको बताए ।
युवा , शिक्षा तथा खेलकुद , आधारभूत स्वास्थ्य , कृषि तथा पशुपन्छी , रोजगार र पर्यटन , वातावरण तथा बिपद ब्यवस्थापन , पुर्वाधार , शहरी बिकास तथा भवन निर्माण , खानेपानी तथा सरसफाइ , महिला , बालबालिका त् जेष्ठ नागरिक , सहकारी तथा संघ संस्था , कानुन तथा न्याय , सार्वजनिक सेवा , सुशासन र क्षमता बिकास , राजस्व तथा वित्त ब्यवस्थापन आगामी आर्थिक वर्ष २०८२/२०८३ को सभाध्यक्षको समेत भुमिका रहेका नगरप्रमुख साहले आफू निर्वाचित भएर कार्यभार सम्हालेका २०७९÷२०८० देखि लिएर २०८१÷२०८२ सम्म गरेको विकास कार्यक्रमहरु, नगरवासी संग गरेको वाचालाई पुरा गर्दै संघ सरकारबाट प्रदान हुदै आएका रकममा कटौती भएपनि नहडवडाई निर्भिकताका साथ नगरवासीको चाहना वमोजिम विकास निर्माणका कार्यहरु पुरा गरेको उनले चर्चा गरे
घण्टाघर, झुलुंगे पुल, कोल्डस्टोर, बाटो, नाला, स्वास्थ्य, शिक्षा, किसानहरुलाई सेवा सुविधा, भवन निर्माण, कृषिको आधुनिकीकरण लगायतका विभिन्न क्षेत्रमा उल्लेखनिय कार्य गरेर विगतका बर्षहरुमा नभएका कार्यहरु आफनो कार्यकालमा पुरा गर्न कुनै कसर बाकी नराखेको तथा आउदो दिनहरुमा अझ गौर नगरलाई समुन्नत नगरको रुपमा सर्वश्रेष्ठ बनाउने अभियानमा तपाई सम्पूर्ण नगरवासी, राजनीतिकर्मी, नागरिक समाज, संचारकर्मीहरुको साथ सहयोग रहेमा पुरा गरेर देखाउने प्रतिबद्धता समेत नगरप्रमुख साहले जनाए ।
त्यती मात्रै नभई राजर्षी जनक विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा संचालित पंडित मंगलकुमार उपाध्याय क्याम्पसको स्थापना गराएर यहाँका विद्यार्थीहरुलाई बाहिर जाने अवस्थालाई समाप्त पार्ने सुरुआत गरिएको तथा इन्जिनियरिङ क्याम्पसका लागि वडा नम्वर ८ मा जग्गा पहिचान भईसकेको हुँदा आउदो आर्थिक बर्षमा त्यसको भवन निर्माण सुरु हुने समेत बताए ।
नगरप्रमुख साहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैै युवा, शिक्षा तथा खेलकुद, आधारभुत स्वास्थ्य, कृषि तथा पशुपंक्षी, उद्यमशिलता विकास, रोजगार र पर्यटन, पर्यावरण, वातावरण तथा विपद व्यवस्थापन, पूर्वाधार शहरी विकास तथा भवन निर्माण, खानेपानी तथा सरसफाई, महिला बालबालिका तथा जेष्ठ नागरिक, सहकारी संघ संस्था, कानुन तथा न्याय, सार्वजनिक सेवा, सुशासन र क्षमता विकास, राजस्व तथा वित्त व्यवस्थापन सहितका गौर नगरलाई समुन्नत बनाउनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने उद्दश्यबाट नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
यसैगरी अगामी आर्थिक बर्ष २०८२ र २०८३ को आर्थिक बजेट प्रस्तुत गर्न उप नगरप्रमुख शैल देवीले गौर नगरको प्रवक्ता एवं वडाध्यक्ष अंर्जुन सिंहलाई जिम्मेवारी दिदा उनले ६१ करोड १५ लाख ९७ हजार २६१ रुपैयाको अनुमाती आय र त्यतीकै व्यवको प्रतिवेदन सम्मानित नगरअधिवेशन समक्ष प्रस्तुत गरेर सार्वजनिक गरे ।
नगर अधिवेशन कार्यक्रममा नगरपालिका बोर्डका सचिव एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, वडा नम्वर १ देखि ९ सम्मका वडाध्यक्ष, वडा सदस्य, नगरपालिका वोर्ड सदस्यहरु, नागरिक समाजका अगुवा, राजनीतिकर्मीहरु, संचारकर्मीहरुको साथ उल्लेख संख्यामा गौर नगर वासीहरुको उपस्थितिमा गौर नगर ले १६ औं नगर अधिवेशन सम्पन्न गरे ।

























