
अरमान कुमार उपाध्याय असाढ १० गते ,रौतहट — रौतहटको परोहा नगरपालिकाले कृषि र शिक्षालाई प्राथमिकता दिँदै समन्वित विकासको बाटो समातेको छ। नगर प्रमुख शेख वकिलले नगरपालिकालाई ‘मोडल नगरपालिका’को रूपमा स्थापित गर्ने लक्ष्यसहित पूर्वाधार विस्तारदेखि सेवा प्रवाहसम्म सुधार गरिरहेको बताएका छन्।आजको ९ औ नगर अधिवेशन मा आउनु भएको सम्पुर्न महानुभावहरुलाई प्रमुख प्रशासकिय अधिकृत महफुज अहमद जी ले स्वागत गरि कार्यक्रमलाई अगाडी बढाईको छ।
नेपाली काङ्ग्रेसका जिल्ला सचिव रामचन्द्र गिरी जी को प्रमुख अतिथि मा ९ औ नगर सभा सम्पन्न भएको छन ।नगर प्रमुख वकिलले मंगलबार नवौं नगरसभा उद्घाटन समारोहका क्रममा आगामी आर्थिक वर्ष २०८२/०८३ का नीति कुल बजेट ५३ करौड ६७ लाख ८२ हजार ६४ रुपैया सार्वजनिक गरेका छन ।तथा कार्यक्रमहरू सार्वजनिक गर्दै, परोहा नगरले अब चुनाव केन्द्रित योजनाभन्दा दीर्घकालीन र दिगो विकास योजनामा ध्यान दिइरहेको स्पष्ट पारे।
मेयर वकिलका अनुसार, परोहामा रहेका साबिकका ६ वटा गाविस क्षेत्रहरूमा माध्यमिक विद्यालयको सुविधा नपुगेको समस्या समाधान गर्न विद्यालय भवन निर्माणका लागि आवश्यक संरचना तयार भइसकेको छ। “शिक्षामा लगानी बढाएर हामी शिक्षाको पहुँच विस्तार गर्दै गुणस्तरीय सिकाइको वातावरण बनाइरहेका छौं,” उनले बताए।
नगर प्रमुखले सबै वडा कार्यालयहरूलाई नयाँ भवनमा स्थानान्तरण गरिसकेको र नगरवासीलाई एकीकृत रूपमा सेवा उपलब्ध गराउने दिशामा काम भइरहेको जानकारी दिए। “सिंहदरबारको झल्को दिने गरी नगरका सबै सेवा एउटै स्थानबाट उपलब्ध गराउने योजना अनुसार २ बिगाहा जमिनमा संरचना निर्माण गरिरहेका छौं,” वकिलले उल्लेख गरे।
हाल परोहा नगरपालिकाले नगर अस्पताल, कृषि तथा पशु सेवा केन्द्र, र प्रशासकीय भवनलाई एउटै क्षेत्रभित्र राख्ने गरी संरचना निर्माण गरिरहेको छ। नगर प्रमुखका अनुसार, यसले सेवा प्राप्त गर्न सहजता ल्याउनुका साथै विकासलाई व्यवस्थित बनाउनेछ।
मेयर वकिलले विकासलाई अब ‘परियोजना होइन, संरचनामा’ आधारित बनाउने अवधारणा अघि सारे। “हामी पुस्ता लक्षित लगानीमा विश्वास गर्छौं, देखावटी योजनाको समय अब सकिएको छ,” उनले भने।
परोहा नगरपालिकाको दाबी अनुसार, शिक्षा, स्वास्थ्य, कृषि र प्रशासनको एकीकृत विकासले नगरलाई ‘मोडल नगरपालिका’को रुपमा स्थापित गर्ने दिशामा अघि बढाइरहेको छ।आजको नगर अधिवेशन मा सहभागी भएका वाड न.१ देखि ९ सम्म का वडा अध्यक्षजी ,कार्यपालिका सद्स्य,जी,जनप्रतिनिधिहरु,रास्ट्रक्रमचारीहरु,स्वास्थ्य शाखा प्रमुख जलन्धर यादव ,शिक्षा संयोजक ,लेखा प्रमुख,विभिन्न फाटका प्रमुख,जी हरु विभिन्न पार्टी का नेताकार्यकर्ताहरु ,भरभलादमी,बुधीजिबीहरु को उपस्थिति मा ९ औ नगर अधिवेशन कार्यक्रम भब्यता को साथमा सम्पन्न भएकोे छन् ।हस्त धन्यबाद
























