
रणधिर साह // रौतहट
पाँच दल सम्मिलित संघिय गणतन्त्रिक गठबन्धनका संयोजक मोहम्मद रिजवान अन्सारीले देशमा चरम भ्रष्टाचार, लुट,कुशासन एवम् बेथिति बढेर देश बर्बाद हुन लागेको बताएका छन ।
एमाले र कांग्रेसको अपवित्र गठबन्धन सरकारका भ्रष्ट नेताहरूका कारण देश चरम गरिबीको भुमरीमा फसेको अन्सारीले बताएका छन ।
नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष तथबपुर्व गृह राज्य मन्त्री समेत रहेका गठवन्धनका संयोजक अन्सारीले देशमा बढेको भ्रष्टाचार, कुशासन, लुट खशोट एवम् बेथिति अन्त्य गर्न आम जनतालाई जागरूक गराउनका लागि आफ्ना गठबन्धनले देशव्यापी रूपमा जागरण अभियान संचालन गरेको बताए ।
रौतहटको गरूडामा आज गठबन्धन द्वरा आयोजित जागरण अभियान अन्तर्गत अन्तरक्रिया तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनका संयोजक अन्सारीले देशमा बढेको लुट र भ्रष्टाचार विरुद्ध सबै जनता जागरूक हुनुपर्ने बेला आएको बताएका हुन ।
आम नागरिक सजग र सचेत नभए सम्म देश विकास हुन नसकने, सुशासन कायम नहुने र भ्रष्टाचार निर्मुल नहुने भएकोले सबै जनता एक ढिक्का हुनुपर्ने आवश्यकता उनले औल्याएका हुन ।
यो सरकारले भ्रष्टाचार बाहेक अरू केही गर्न नसक्ने भएको हुदा सरकारको गलत काम विरुद्ध खबरदारी गर्न आफूहरुले जनजागरण अभियान संचालन गरेर जनताको बिचमा आएको उनले बताए ।
मधेसी जनता अझै आफ्ना हक अधिकार पाउनबाट बन्चित रहेको र उनिहरूलाई अधिकार सम्पन्न बनाउन, समग्र मधेस एक प्रदेश कायम गराउन अति आवश्यक रहेकोले संविधान संशोधन र मधेसको मुद्दा आफूहरूको प्रमुख एजेन्डा रहेको समेत उनले जनाए।
सोही कार्यक्रममा सहभागी बहुजन एकता पार्टीका अध्यक्ष हरिनन्दन अम्बेडकरले देशलाई भ्रष्टाचार र गरिबीको दलदलबाट जोगाउन सबै जनता एकजुट हुनु पर्ने बेला आएको बताएका हुन ।
देशमा बढेको चरम भ्रष्टाचार, अनियमितता, लुट खसोट एवम् बेथिति लाई अन्तय गरि आम जनतालाई सुशासनको प्रत्याभूति दिलाउन एवम् देशलाई विकासको गतिमा अगाडि बढाउन भन्दै नेपाल संघिय समाज वादी पार्टी , बहुजन एकता पार्टी, नेपाल सदभावना पार्टी , नेपाल जनजागृति पार्टी र एतिहासिक पार्टी गरि पाँच दल मिलेर संघिय गणतान्त्रिक नामक गठबन्धन बनाएका छन
।
सो गठबंधनले केहीदिन अघि मात्र सर्लाहिबाट जनजगरण अभियानको सुरुवात गरेका थिए ।
उक्त गठबन्धनले सर्लाही पछि आज रौतहटमा सो अभियानको सम्पन्न गरेको हो । जनजागरण अभियान देशैभरी संचालन गर्ने गठबन्धनले जनाएको हो ।
आजको कार्यक्रममा नेपाल सदभवना पार्टीका अध्यक्ष रामकुमार महतो, नेपाल जनजागृति पार्टी अध्यक्ष धुपलाल निषाध , मधेस प्रदेश सरकारका पुर्व गृह, कानुन तथा संचार मन्त्री एवम् प्रदेश सभा सदस्य बिमला अन्सारी लगाएत गठबन्धनका विभिन्न नेता कर्याकर्ताहरूको सहभागीता रहेको नेपाल संघिय समाजवादी पार्टीका रौतहट जिल्ला ईन्चार्ज एवम रौतहट क्षेत्र नं.४ ख का प्रदेश सभा सदस्य प्रत्यासी लक्ष्मी साह सोनारले जानकारी दिएका हुन ।
























