
असार ०२ गते बिरगंज पर्सा।
बिरगंज पर्सा। बिरगंज देखि पर्साको पश्चिमी भेग भिष्वा सम्म चल्ने टेम्पोहरुलाई भिष्वाकै केही स्थानीय टेम्पोवाला हरुले विवाद सिर्जना गर्दै अवरुद्ध पारेका छन। विगत ३,४ वर्षदेखि निर्विवाद रूपमा चल्दै आईरहेको टेम्पोहरुलाई अहिले आफ्नो व्यक्तिगत स्वार्थ पुर्ती गर्नको निमित्त विवाद सिर्जना गरेका हुन।
उक्त रुटमा हाल दुईवटा प्रा.लि मा आवद्ध रहेका टेम्पोहरु संचालनमा रहेका छन्।बिरगंज भिष्वा रुटमा टेम्पो संचालन गर्दा शुरुमा निकै संघर्ष गर्नु परेको प्रदेश न.२ टेम्पो संचालन कम्पनी प्रा.लि का संचालक जलेशवर सरार्फ बताउछन्। प्रदेश न.२ टेम्पो संचालन कम्पनी प्रा.लि ले उक्त रुटमा आफ्नो टेम्पो संचालन गरेपछि मनोकामना प्रा.लि ले पनि केही टेम्पोहरु संचालन गरेको थियो।
अहिले आएर प्रदेश न.२ मा आवद्ध भएर टेम्पो चलाउदै आईरहेका ईमत्याज मिया तेली,जितेन्द्र साह,पहलाद दुसाद,पारस राउत कुर्मीका समूहले छुट्टै कम्पनीबाट हामीले आफ्नो टेम्पो संचालन गर्छु भन्दै विवाद गर्दै आईरहेका छन्। यो विषयमा उनिहरुले अन्य टेम्पो चालकहरुलाई हामीसंग मिलेर तिमिहरु पनि आफ्नो टेम्पो संचालन गर भनि आफ्नो प्रस्ताव राख्दा टेम्पो चालकहरु रिजवान आलम र सन्जय महतोले ईन्कार गरेका थिए।
त्यही विषयमा उनिहरु विच भनाभन पर्दा प्रदेश न.२ का चालक सन्जय महतो नुनियालाई कुटपिट समेत गरेका । कुटपिटबाट घाइते सन्जयलाई चोटपटक लाग्दा उनी नारायणी अस्पतालमा उपचारका लागी भर्ना भई उपचार पछि अहिले घर फर्केका छ्न।
विवाद साम्य भएपछि चालक सन्जय महतोले आफुलाई बिनाकारण कुटपिट तथा अभद्र व्यवहार गर्ने विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी समेत दिएका छन्। जाहेरी परे लग्तै ईमतियाज मिया तेलीले मनोकामना प्रा.लि का भिष्वामा रहेका ईन्चार्ज मुस्तकिम मियालाई भेटन गएका थिए। उनिहरु विच भेटवार्ता पछि मुस्तकिमले आफ्नो पार्किङमा रहेका मनोकामना प्रा.लि का टेम्पो चालकहरुलाई प्रदेश न.२ टेम्पो संचालन कम्पनी प्रा.लि का पार्किङमा जर्वरजस्ती पठाई थप विवाद सिर्जना गरेका थिए।
यो विषयमा मनोकामना प्रा.लि का आफुलाई अध्यक्ष बताउने नामुद जग्गा व्यपारी ज्योतिलाल कलवारका छोरा मुना भनेर चिनिने विजय कलवारलाई प्रदेश न.२ का संचालक जलेशवर सरार्फले गएर यो विषयमा कुरा राख्दा विजय कलवारले धम्किपुर्ण भाषामा मेरो टेम्पो त्यही तिम्रो पार्किङ मै लाग्छ जेगर्नु छ गर भनेर जवाफ् फर्काएका थिए।
यसरी दादागिरी शैलीमा फर्काएको जवाफ् सुनेर संचालक सरार्फले केही प्रतिउतर नदिई जिल्ला प्रशासन कार्यालय पर्सामा गई शान्ति सुरक्षा तथा दोषी देखिएका हरुलाई कानुनी सजायको माग गर्दै निवेदन दर्ता गराएका थिए। निवेदनमा दोषी देखिएका हरुलाई जिल्ला प्रहरी कार्यालय पर्साले झिकाउने भनी पत्र भिष्वा प्रहरी चौकीलाई लेखेको छ। हाल निवेदनमा नाम रहेकाहरुले मिति २०८२/०४/०१ मा भिष्वा चौकीबाट पत्र बुझेपनी जिल्ला प्रहरी कार्यालय पर्सामा उपस्थित भएका छैनन्।
जिल्ला प्रहरी कार्यालयको उपस्थिति पत्रलाई वेवास्ता गर्दै निजहरुले कानुनको खिल्ली उडाउने काम गरेका छन्। अब यसमा यी दोषीहरुलाई कस्तो खालको कानुनी कार्यवाही हुने हो त्योभने अहिले हेर्नू बाकी रहेको छ।।
























