रौतहट, साउन ३ गते

पछिल्लो समय निरन्तर रुपमा परेको खडेरीका कारण बौधिमाई नगरपालिकामा अधिकांश चापाकल सुक्न थालेका छन्। यसले गर्दा स्थानीय बासिन्दाको जनजीवन दिनप्रतिदिन कष्टकर बन्दै गएको छ।

बौधिमाई नगरपालिकाको विभिन्न वडामा अवस्थित घरघरका चापाकलमा पानी नआएपछि स्थानीयहरू टाढाटाढा रहेका बोरिङ र धारा को सहारा लिन बाध्य भएका छन्। गर्मी याममा पानीको अत्यधिक खपत हुने हुँदा चापाकल सुक्नु थप समस्याको कारण बनेको छ।

यहा का स्थानीय ले जानकारी दिएअनुसार नगरपालिकाका अधिकांश चापाकलमा अहिले पानी नआउने अवस्था छ। उनले भने, “पानी अभावका कारण दैनिक कार्यहरू प्रभावित भएका छन्, मानिसहरू बिहानैदेखि पानी खोज्न दौडधुप गर्नुपरेको छ।”

नगरवासीहरूले समयमा समाधान नआए जनस्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने चिन्ता व्यक्त गरेका छन्। पानीको संकट समाधानका लागि तत्काल वैकल्पिक व्यवस्था गर्न स्थानीय सरकारसँग माग गरिएका छन्। हस्त धन्यबाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0