
श्रावण ५ गते
नेपाली कांग्रेस सर्लाही जिल्लाका सभापति सुरेन्द्र प्रसाद सिंहलाई पार्टीले सम्मान गरेको छ । सोमबार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सिंहलाई
सभापति शेरबहादुर देउवाले सम्मान गर्नुभएको हो ।
पार्टीले स्थापना गरेको केन्द्रीय पुस्तकालयलाई आर्थिक सहयोग गरेवापत सिंहलाई सम्मान पत्रसहित सम्मान गरेको हो ।सुरेन्द्र प्रसाद सिंह नेपाली कांग्रेस सर्लाहीका सभापति
हुनुहुन्छ ।सर्लाही जिल्लाबाट पार्टीको सक्रिय नेतृत्व गरिरहेका सिंहलाई स्थानीय स्तरमा चर्चित र जनताका भरोषायोग्य नेता र सर्लाही स्थानीय तहमा १२ ओटा पालिका जिताउन सफल भएको सभापति देउवाको भनाइ छ । नेता सुरेन्द्र प्रसाद सिंह नेपाली कांग्रेस पार्टीलाई संगठनं बनाउन दिन रात जनताको माझमा काम गर्दै आएको छ।सिंहले गरेको आर्थिक सहयोगले केन्द्रीय पुस्तकालयलाई व्यवस्थित गर्न मद्दत पुगेको सभापति देउवाले बताउनुभयो ।
‘केन्द्रीय कार्यालयमा पुस्तकालय स्थापना गरेर हाम्रा नेताहरूले पठन संस्कृतिलाई जोड दिनुभएको नेपाली कांग्रेस मधेश प्रदेशका प्रचार प्रसार विभाग सचिव निकेश त्रिपाठीले बताए । पुस्तकालयले पार्टीका नीति, सिद्धान्त र अरु ज्ञान आर्जनका लागि सहयोग गरेको छ,’ देउवाले भन्नुभयाे, ‘कांग्रेसीहरू पढ्दै पढ्दैनन् भन्छन्, फेरि माथि को जान्छ पढ्न भन्ने पनि छन्।’
























