
अरमान कुमार उपाध्याय साउन ९ गते रौतहट जिल्ला बौधिमाई नगरपालिका सरमुज्वा वाड न. ८ को वडा अध्यक्ष बिन्देशवर यादव जी को अध्यक्षतामा आज एक विशेष कार्यक्रमका बीच वडा नं. ८ का किसान भाइहरूलाई कृषि स्प्रे टंकी वितरण गरिएको छ।
कृषकहरूको आधुनिक कृषि प्रविधिमा पहुँच सुनिश्चित गर्न र कीटनाशक तथा मलजल छर्कनका लागि सहजता ल्याउने उद्देश्यले स्प्रे टंकी वितरण गरिएको हो। कार्यक्रमका दौरान वडा अध्यक्ष यादव ले किसानहरूलाई यन्त्र वितरण गर्दै कृषिमा आत्मनिर्भर बन्न प्रेरित गर्न आग्रह गरे।
वडा अध्यक्ष ले भने, “कृषकहरूको उत्पादनशक्ति बढाउन प्रविधिको पहुँच अनिवार्य छ। बौधिमाई नगरपालिका सरमुज्वा ८ का सदैव किसानहरु पक्षमा छ र आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै जानेछ।”
सरमुज्वा ८का विभिन्न पार्टी को नेताकार्यकर्ता अन्य जनप्रतिनिधि, प्रतिनिधि, कर्मचारी तथा किसानहरूको उत्साहजनक उपस्थिति रहेको थियो। वितरण गरिएको कृषि उपकरणले कृषकहरूलाई उत्पादनमा गुणात्मक सुधार ल्याउने विश्वास गरिएको छ। हस्त धन्यबाद
























