
रन्धिर गुप्ता साउन ११ गते रौतहटका किसानहरु रौदी र सुखापनको सिकार बन्न पुगेका छन् । आजभोलि वर्षा न हुँदा सिङ्गो मधेस प्रदेशनै सुखापन तथा खडेरीको सिकार भएका छन् । विशेष गरि धान रोपाइ गर्न उपयुक्त र वर्षा हुने महिनाका रूपमा साउन महिनालाई लिने गरिन्छ । तर यो वर्ष खेती गर्न उपयुक्त सिचाइको व्यवस्था नभएका कारण तथा वर्षा नहुदा किसानहरू पानीको लागि निराश भइ त्राहिमाम त्राहिमाम गरिरहेका अवस्थामा छन् ।
विशेष गरि मधेस प्रदेशको सिराहा, सप्तरी, महोत्तरी, धनुषा, सर्लाही, बारा, पर्सा र रौतहट गरि ८ वटै जिल्लाका किसानहरुलाइ आजभोलि धान रोपाइ गर्न पानीको अभाव तथा रौदिको सिकार बन्न पुगेका छन् ।
हुन त मधेस प्रदेशको सुखापन तथा किसानहरूको पिडा बुझ्न् बितेको शुक्रबार प्रधानमन्त्री केपि शर्मा ओलि तराई तिर अनुगमन गर्नु भएको थियो । अनुगमनकै क्रममा किसानहरुलाइ केही राहत हुने उदेश्यले ५ सय डिप बोरिङ वितरण गरिने प्रतिबद्धता समेत जनाउनु भएको थियो । तर मौसमका कारण तथा सिचाइको अभावले किसानहरूलाई कुनै फाइदा न हुने किसानहरु बताउँछन् ।
रौदिका कारण सुखा पर्दा मधेसमा खानेपानीको समेत अभाव परेका छन् । सो अभावलाई पूरा गर्न मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खानेपानी अभाव भएको ठाउँमा ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्रालय, वन कार्यालयका ट्यांकरहरु प्रयोग गरेर पर्सा, बारा र सप्तरीका विभिन्न बस्तीमा पानी बाँडिरहेका छन् । त्यसले केही हदसम्म राहत भएको किसानहरू बताउँछन् । अहिले मधेस प्रदेशलाइ ३ महिनाको लागि संघ सरकारले संकटग्रस्त क्षेत्र र मधेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेपनि हालसम्म किसानहरूको जनजीवनमा केही सकारात्मक प्रभाव नपरेको रौतहटका किसानहरूले बताएका छन् । तर प्रदेश सरकारले खानेपानी बाँड्ने बाहेक अहिलेसम्म अरु नतिजामुखी काम केही गर्न सकेको समेत आरोप किसानहरूले लगाउदै आएका छन् ।
सोही क्रममा रौतहटका मौलापुर नगरपालिका वडा नम्बर ४ पतौरा निवासी रामदेयाल महतो भन्छन् हामी किसान हौं । खेती गर्न हाम्रो धर्म र कर्म छन् । आजभोलिको बदलिँदो मोसमले मनमा केही राहत तथा विश्वास पलाएका छन् । हामी दिनरात पानी पर्न सक्ने आशमा आकस तिरै हेरि रहेका छ्म । तर वर्षा हुन सकेका छैन । आस गर्नु बाहेक हाम्रो हातमा केही न रहेको दुख र पिडा उनी सुनाउछन् । हालैमा सरकारले सुखा विपतको घोषणा गरेको समाचार सुने तर हामीलाई केही राहत हुन्छ जस्तो आशा न रहेको महतोले बताउँछन् । उनी भन्छन् नेताहरू त आउछन् भासण पनि गर्छन् । सायद काम पनि गेरैकै हुन्छन् तर हामी संग त्यसको कुनै फल आउँदैन । सब कागजातमा मात्र सिमित रहने कुरा बताउँछन् । रौतहटमा नत खेती गर्न नाहरको व्यवस्था छ न त सिचाइकै नत सबै तिर बोरिङकै । यस्तो समस्या यो वर्ष पहिलो पटक आएको हो । तर पहिलाको वर्षमा पानी हुँदा हामिले मलको समस्याहरु भोग्नु पर्दथ्यो । तर यो वर्ष विशेष रूपमा पानीको अभावका साथ साथै मलको पनि त्यस्तै रवैया रहेको किसान महतो बताउँछन् । उनी भन्छन् यो वर्ष त हाम्रो धान रोपाइ पनि पूरा हुन सकेको अवस्था छैन र रोपिएको धान पनि हुन्छ कि हुँदैन भन्न सकिन्न । अब यो भएन भने भारतबाट नै चामल किनेर खानु पर्छ । अब गाउँ छोडेर सहर जानू पर्छ । यो वाहेक अरु उपाय नरहेको पिडा उनी सुनाउनु हुन्छ । उनी भन्छन् धान खेतमा पानीको अभावले धाजा पारेका छन् । बोर्डिङले तथा चपा कलहरुले समेत पानी दिएका छैनन् । यो अवस्थामा कसरी विश्वास गर्न सकिन्छ कि यसपटक हाम्रो बाली हुन्छ ।






















