अरमान कुमार उपाध्याय   १६ गते                                                                         रौतहट जिल्ला को ईशनाथ नगरपालिका को महिला नेत्री नगर प्रमुख  श्रीमती_कौशल्या_देवीको_नेतृत्वमा_उल्लेखनीय_प्रगति
रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा पछिल्ला वर्षहरूमा चौतर्फी विकास कार्यले तीव्र गति लिएको छ। नगर प्रमुख श्रीमती कौशल्या देवीको नेतृत्वमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि तथा खानेपानीजस्ता आधारभूत सेवामा उल्लेखनीय सुधार आएको स्थानीयवासीहरूले बताएका छन्।
श्रीमती कौशल्या देवी ले नगरप्रमुख मा पदभार ग्रहण गरेदेखी नै विद्यालयहरूमा पठनपाठनको गुणस्तर सुधार, सडक निर्माण, अस्पतालमा सेवा विस्तार तथा कृषकहरूलाई डिप बोरिङ स्वच्छ खानेपानी डिप कल सुविधा उपलब्ध गराउने कार्यलाई प्राथमिकता दिइएको छ।
नगरपालिकाले स्मार्ट प्रविधिको प्रयोग गर्दै पारदर्शी प्रशासन, समावेशी योजना र दिगो विकासको अवधारणालाई कार्यान्वयन गरिरहेको छ।रौतहट जिल्लाको ईशनाथ नगरपालिकामा विगत केही समयदेखि देखिँदै आएको खानेपानीको समस्या कुनै एउटा वडाको मात्र नभई सम्पूर्ण नगर क्षेत्रका साथै सिङ्गो मधेश प्रदेशकै साझा समस्या रहेको छ। यस समस्याले सर्वसाधारणको दैनिक जीवन प्रभावित पारेको यथार्थलाई नगरपालिकाले गम्भीरतापूर्वक लिएको छ।

यस समस्याको दिगो समाधानका लागि स्थानीय, प्रदेश तथा संघीय – तीनै तहका सरकारहरूसँग निरन्तर समन्वय गर्दै समाधान प्रक्रियालाई तीव्र गतिमा अघि बढाइएको छ। हालसम्मका प्रयास अन्तर्गत नयाँ बोरिङ जडान, डिप कल वितरण सिचाई को लागी विद्युत लाइन विस्तार तथा आवश्यक प्रविधि सुधारको काम प्राथमिकताका साथ भइरहेको छ।

ईशनाथ नगरपालिका आम नगरवासीहरूलाई आश्वस्त गराउँदछ कि स्वच्छ र पर्याप्त खानेपानी उपलब्ध गराउनका लागि नगर प्रमुख #श्रीमती_कौशल्या_देवी_सिन्हा ज्यु को विशेष पहल र निर्देशनमा नगर कार्यपालिकाले कुनै कसर बाँकी राख्ने छैन।
अन्तमा, समस्या समाधानका क्रममा आवश्यक सहयोग र धैर्य प्रदान गर्नुहुने सम्पूर्ण नगरवासीमा धन्यवाद ज्ञापन गर्दछौं।

स्थानीय नेता, समाजसेवी र सर्वसाधारणले नगर प्रमुखको सक्रियता र इमानदार प्रयासको प्रशंसा गर्दै विकासको यो गति अझ निरन्तर रहनुपर्ने बताएका छन्।नेपाल सरकारले मधेश प्रदेश सरकारलाई सुख्खा ग्रस्त घोषणा गरेका छन ,१ हप्ता लागिएको छन ,अहिले केही गरेका छैन,यो बिपत्ति को घडिमा यहि नगरपालिका को निमित्त प्रमुख प्रशासकिय अधिकृत नंन्दकिशोर गुप्ता जि को विशेष पहलमा जान्ताहरु को लागि खानेपानी को तत्काल राहत को लागि डिप बोरिङ ,र चापाकल को बेवास्ता गर्नु भएको हो भने वहाले बताए।यस्तो खालको ईमानदार र दक्ष हाकिम पहिलो पटक ईशनाथ नगरपालिका मा देखीएको हो।, हाकिम साहेब ले आफ्नो नगरभित्रमा रहेका सम्पुर्न नगर बासिमा सेवा दिन को लागि दिन र रात एक गरि सहज तरिका अपनाउनु भएको छन् ,यहा को को सेवाग्राही वहाको काम प्रती धेरै खुशी रहनुभएको हो भने स्थानीय हरुले जानकारी गराएका थिए ।हस्त धन्यबाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0