
रूपेश यादव
राैतहट १७ साउन।
रौतहटको फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ४ टेंग्राहामा आज बुधबारका दिन गर्भवती तथा सुत्केरी महिलाहरुलाई पौष्टिक आहार वितरण गरिएको छ ।
मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा स्वास्थ्य चौकी टेंग्राहाले उक्त पौष्टिक आहारसहित झोला वितरण गरेको हो ।
स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रमको विच कार्यवाहक नगर प्रमुख अम्बेया खातुन , वडा अध्यक्ष सतिश कुमार यादव भावी मेयर उमेर उमेदवार ज्ञानेन्द्र यादव, कार्यपालिका सदस्य उमाशंकर जयसवाल, स्वास्थ सह संयाेजक रमेश यादवले गर्भवती तथा सुत्केरी महिलाहरुलाई पौष्टिक आहारसहित झोला वितरण गरे।
याे पाेषिलाे आहार बितरणकाे मुख्य उदेश्य बिगतका दिनहरुमा कतिपय पाेषणकाे कमिका कारण धेरै बालबालिकाहरुकाे कुपोषित जन्मिनथ्याे त्यसैलाई न्युनीकरण गर्ने उदेश्यले प्रदेश सरकारकाे सहयोगमा उपलब्ध गराएको याे सामग्री बितरण गरिएकाे हाे।
पौष्टिक आहार वितरण गर्दै कार्यवाहक नगर प्रमुख खातुनले कोहि पनि लक्षित समुह सेवाबाट बन्चित नहुने गरि काम गर्नुपर्नेमा जोड दिइन। वडा अध्यक्ष सतिश यादवले यस समुदायको महिलाहरु गर्भवती समयमा घरको कामकाजले गर्दा खासै स्वास्थ्य ख्याल गर्दैनन त्यही भएर सुत्केरी हुने बेलमा विभिन्न समस्या उत्पन्न हुन्छ ।साथसाथै रक्तअल्पताबाट बच्न यो पोषिलो आहार खान अति आवश्यक रहेको बताए ।
वडा नम्बर ३ मेवा र ४ टेंग्राहा अन्तर्गतका गर्भवती तथा सुत्केरी महिलालाई ६ किलोको दरले वितरण गरिएको स्वास्थ्य सह संयाेजक रमेश यादवले जानकारी दिए ।
स्वास्थ्य चाैकी टेंग्राहाका ईन्चार्ज राजिनन्द दासका अनुसार दुई वडामा ३०६ पिस पाेसिलाे आहार उपलब्ध भएकाे बताए।
उक्त बितरण कार्यक्रममा सामुदायका महिलाहरू , बिभिन्न राजनितीककर्मी, स्वास्थ्यकर्मी दिलिप पटेल, अजय यादव , तेजनरायण यादव , महिला स्वास्थ्यकर्मी , महिला स्वयंसेविका लगाएत सञ्चारकर्मीकाे उपस्थिति रहेका थियो ।
























