राैतहट,भदौ ०६ गते।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा पूर्वाधार विकास कार्यमा कार्यवाहक मेयर अम्बेया खातुनले सक्रियता देखाएकी छिन। पालिकाको वडा नम्बर २ मेवादेखि वडा नम्बर ३ सितलपुर क्षेत्रसम्मको करिब २ किलोमिटर सडकमा नाला सहितको आरसीसी ढलान निर्माण कार्य अगाडि बढ्ने भएको छ । कार्यबाहक नगर प्रमुख ख़ातूनको सक्रियतामा पालिकामा करिब ३ करोड रुपैयाँको लागतमा बन्ने यो आयोजनाको लागि स्थलगत निरिक्षण/सर्वेक्षण कार्यक्रम सम्पन्न भएको छ ।
शहरी विकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण कार्यालय वीरगञ्जका ईन्जिनियर रामविनय साहको नेतृत्वमा आएको प्राविधिक टोलीले बिहीबार सीतलपुर क्षेत्रमा पुगेर स्थल निरीक्षण तथा नापजाँच कार्य सम्पन्न भएको हो । टोलीमा नासु मुकेश साह लगायत अन्य प्राविधिकहरू सहभागी थिए । स्थानीय भद्रभलाद्मीहरू, जनप्रतिनिधि तथा नागरिकहरूको पनि सक्रिय सहभागिता रहेको थियो ।
यो योजना अघि बढाउन नगरपालिकाको तर्फबाट देखाइएको सक्रियता उल्लेखनीय रहेको छ । विशेषगरी कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले योजना सहज पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । विशेषगरी कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले योजना सहज बनाउन महत्वपूर्ण भूमिका खेलेकी छिन्।

उनले भनिन्, “स्थानीय तहमा जनताको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने योजनाहरूलाई प्राथमिकतामा राखेर अघि बढिरहेका छौं। यो योजना पनि सोही प्रयासको हिस्सा हो। नगरवासीलाई गुणस्तरीय सडक र नाला सुविधा उपलब्ध गराउन हामी दृढ छौं । संघ, प्रदेश र स्थानीय सरकारबीचको समन्वयबाट मात्रै दिगो विकास सम्भव छ।”

योजना वीरगंजस्थित सघन शहरी तथा भवन निर्माण कार्यालयमार्फत कार्यान्वयन गरिनेछ भने डिपिआर पनि नगरपालिकाकै समन्वयमा तयार गरिनेछ । ईन्जिनियर साहका अनुसार डिपिआर तयार गरी छिट्टै टेण्डर प्रक्रिया सुरु हुनेछ ।
साइट निरीक्षणको क्रममा मेयर प्रत्याशी विजय यादव “निर्बीज”, वडा नं. २ का अध्यक्ष अनिरूद्व प्रसाद यादव (संजय) स्थानीय अगुवाहरूको उपस्थिति थियो । निरीक्षणपछि आयोजना स्थलमै संक्षिप्त छलफल पनि भएको थियो ।
कार्यक्रममा सहभागी प्रदेश सांसद प्रत्याशी महमद सेराजले यस्तो पूर्वाधार योजनाले स्थानीय जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै भने, “यस किसिमका विकास योजनाहरूलाई सहयोग गर्न म प्रतिबद्ध छु । जनताको आधारभूत आवश्यकतामा आधारित योजनाहरूमा सबै तहको सरकारबीच सहकार्य आवश्यक छ।”
फतुवाबिजयपुर नगरपालिका को प्रमुख प्रसशासकिय अधिकृत भरत प्र. यादव जी को अनुभव, ईमानदार दक्ष भएको कारण अहिले र ,  पछिल्लो समय पूर्वाधार विकासमा अग्रसरता देखाउँदै आएको छ । सडक ढलान तथा नालाजस्तो अत्यावश्यक संरचनाको निर्माणमा स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय निकायबीचको समन्वय एक सकारात्मक उदाहरणका रूपमा देखिएको छ ।हाकिम भरत प्र. यादव जी को विशेष पहल मा बिकास को काममा सबै भन्दा तीव्रता लिएको हो ,भन्ने स्थानीय हरुले जानकारी गराए।हस्त धन्यबाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0