राैतहट,भदौ०८ गते।
रौतहटकाे फतुवा बिजयपुर नगरपालिकामा नगरबासीहरुको विधुत महसूल वापत २ करोड़ रुपैया छिटै बुझाइने भएको छ। नगरपालिकाले नगरवासीको घरेलु विद्युत महसुल भुक्तानीका लागि चालु आर्थिक वर्ष २०८२/८३ मा २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । पालिकाले अघिल्लो वर्ष १ करोड ५० लाख रुपैयाँ छुट्याएकोमा यस वर्षको कार्यपालिकाको निर्णयबाट उक्त रकम बढाइएको हो ।
प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवका अनुसार नगर कार्यपालिका बोर्डबाट निर्णय भई विद्युत महसुल तिर्ने खर्चका लागि २ करोड रुपैयाँ छुट्याइएको हो । “नगरपालिकाले सामाजिक न्याय र सेवा प्रवाहलाई प्राथमिकता दिँदै नगरका सम्पूर्ण घरपरिवारलाई राहत मिलोस् भन्ने उद्देश्यले यो योजना अघि बढाइएको” यादवले जानकारी दिए ।
कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले विद्युत महसुलको बोझ सर्वसाधारणका लागि ठूलो रहेको उल्लेख गर्दै भनिन्, “विद्युत नहुँदा जनताको दैनिकी प्रभावित हुन्छ, त्यसैले नगरपालिकाले सम्पूर्ण नगरबासीहरूको घरको विधुत महसुल आफैँ तिर्ने निर्णय गरेको हो । यसले आर्थिक रूपमा कमजोर वर्गलाई ठूलो राहत मिल्नेछ।”

यसैबीच प्रदेशसभा सदस्यका प्रत्यासी महमद सेराजले यस कार्यको प्रशंसा गर्दै जनताको हितमा गरिएको निर्णय भन्दै समर्थन जनाए । उनले भने, “फतुवा बिजयपुर नगरपालिकाले देखाएको यो अग्रसरता सबै स्थानीय तहका लागि उदाहरणीय छ । विकासका नाममा ठूल-ठूला योजना मात्र नभएर, जनताको जीवनसँग प्रत्यक्ष रुपमा जोडिएका यस्ता कार्यहरू नै वास्तविक जनअपेक्षा अनुरूपका विकास हुन्।”
नगरपालिकाको यो निर्णयले स्थानीय जनतामा उत्साह थपेको छ । नगरवासीहरू यो निर्णयलाई जनमुखी र व्यवहारिक भन्दै स्वागत गरिरहेका छन । नगर प्रमुख खातूनले आफ्नो नगर क्षेत्रका जनसमुदायलाई अति आवश्यक पर्ने यस्ता योजना तथा कार्यलाई उच्च प्राथमिकतामा राखी शिक्षा, स्वास्थ्य एवं पूर्वाधार बिकास निर्माणको कार्यलाई अगाडी बढाईरहेको नगरबासीहरूको भनाई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0