चन्दन कुमार
रौतहट २० गते ,                                                          रौतहट जिल्लाको बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदिप यादवले नगरपालिका भित्रका डुबान क्षेत्रका अनुगमन गरेका छन । गत १८ गते देखि तराई मधेश सहित देश भरीका विभिन्न स्थानमा भएको अविरक वर्षाका कारण आएको महाविनासकारी बाढिका कारण बौधिमाई नगरपालिका वडा नम्बर १/२ अजगैवी र इनर्वा गाउका बिचमा लाल बकैया नदिको बान्ध भत्किदा पालिकाका विभिन्न वडाहरुमा डुबान हुदा स्थानियहरु संग नगर प्रमुख यादव भेट गरेका छन । भेटघाटको क्रममा नगर प्रमुख यादव नगरपालिकाको वडा नम्बर ६ पिपरीया भंगहा टोल तथा वडा नम्बर १ अजगैवीका विभिन्न स्थानमा अनुगमन गरेका हुन । नगर प्रमुख यादव पिपरीयाको भंगहा टोलमा पुग्दा त्याहाका पानी निकासका लागि भएको समस्यामा स्थानिय अगुवाहरुलाई भेला गराई छलफल गरेका छन । हिजो देखि नै डुबानमा परेका बौधिमाई नगरपालिकाका विभिन्न स्थानमा पुगि नगर प्रमुख यादव आफ्ना मतदाता संग भेटघाट तथा छलफल कार्यलाई निरन्तर्ता दिएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0