
अरमान कुमार उपाध्याय असोज २७ गते बौधिमाई नगरपालिका वाड न.६ पिपारिया को होस्पिटल मा महिला नगर उपप्रमुख प्रमिला देबी जी को प्रमुख अतिथि मा बाढिबाट प्रभावित गर्भवती तथा सुत्केरी महिलाहरुको लागि आपातकालिन राहत सामाग्री हरु प्रमुख प्रशासकिय अधिकृत उदय शंकर चौधरी , स्वास्थय सह संयोजक राकेश यादव लगायत विभिन्न स्वास्थ्य कार्यलय सहयोगी को उपसथितीमा माणडवी संस्था तथा one hert को सहयोगमा संस्था को केन्द्रिय कार्यकारणि अंजु झा जी को हाथो द्वारा विभिन्न प्रकारको खाध्य सामाग्री १५०/ जना मध्ये आज ६० जनालाई बितरण गरिएको छ। अविरल वर्षा र बाढीका कारण प्रभावित रौतहटका विभिन्न बस्तीहरू दुबानमा परेका थिए ,त्यही मध्य नजर राखेर हाम्रो बौधिमाई को नगर प्रमुख तथा हाकिमसाहेब जीले निरीक्षण गरि पालिका ले माणडवी संस्था लाई ध्यानाकर्षण गराए का हुन।
बाढीपीडित गाउँहरूमा पुगेर स्थानीयवासीहरूको अवस्था बुझेका हुन्। ती सबै क्षेत्र अहिले पूर्ण रूपमा डुबानमा परेका थिए , जसले किसानका बाली, घर, नाली र बस्तीहरूमा व्यापक क्षति पुर्याएको छ।
उनका अनुसार, हालको बाढी र पहिरोले जनजीवन अस्तव्यस्त भएको छ भने लालबकैया खोलाको बाँध भत्किँदा बाढीको पानी तीव्र गतिमा बस्तीहरूमा पसेर ठूलो क्षति पुर्याएको छ।
“यो अत्यन्तै दुःखद र पीडादायक अवस्था हो। यस कठिन घडीमा म सम्पूर्ण प्रभावित परिवारप्रति हार्दिक सहानुभूति व्यक्त पालिका को सम्पुर्न कार्यपालिकाले गरेका हो।
पालिकाले सरकार तथा संस्था सँग तत्काल राहत वितरणको व्यवस्था मिलाउन को लागि शीघ्र पहल गर्न माग गरेका थिए । खाध्य सामाग्री को लिस्ट यस प्रकार (१.) चामल १ बोरा(२५ के.जी)(२) दाल १ के जी(३) चना १ के. जी (४) लिटाेको पिठेा १ के.जी(५) सोया मस्योरा१ पाकेट २०० ग्राम (६) खाने तेल १ लि .(७) नरम उनको कम्बल १ पिस ६० मि. ली( ८) पि . ई. फोम १ पिस( ९)पलास्टिक बालटि २० लि. के १ पिस (१०) पलास्टिक जग १ लि. १ पिस । हस्त धन्यबाद
























