अरमान कुमार उपाध्याय

कार्तिक १ गते                                                                 मधेश प्रदेश सरकारका नवनियुक्त मन्त्री तथा रौतहट क्षेत्र नं २ प्रदेशसभा (ख) का लोकप्रिय सांसद ई. कनिश कुमार पटेललाई बौधिमाई नगरपालिकाका मेयर प्रदीप कुमार यादव र स्थानीय हरुले आज एक विशेष समारोहका बीच बधाई तथा स्वागत  गर्नुभएको छ।

मन्त्री पद प्राप्त गरेपछि पहिलोपटक आफ्नो गृहग्राम बौधिमाई नगरपालिका-४, इनर्वारी आएका मन्त्री पटेललाई उहाँकै निवासमा स्वागत गर्दै मेयर यादवले पुष्पमाला, गम्छा ओढाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो।

सो अवसरमा मेयर यादवले मन्त्री पटेल जस्तो युवा, शिक्षित र जनमुखी व्यक्तित्वले मधेश प्रदेशको विकास, सुशासन र जनसेवाको क्षेत्रमा नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले मन्त्री पटेलको नेतृत्वमा रौतहट सहित सम्पूर्ण मधेश प्रदेशले द्रुतगतिमा विकासको बाटो समाउने आशा पनि व्यक्त गर्नुभयो।

त्यसैगरी, स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा समर्थकहरूले पनि मन्त्री पटेललाई फूलमाला र टिका लगाई स्वागत गरेका थिए। कार्यक्रममा उपस्थित सबैले नयाँ जिम्मेवारीमा उहाँको सफलताको शुभकामना दिएका थिए।नेकपा एस पार्टी को केन्द्रिय सद्स्य एवम् मधेश प्रदेश सरकारका नव नियुक्त मन्त्री माननिय कनिश पटेलले एक विशेष स्वागत तथा सम्मान कार्यक्रमकाे आयोजना गरिएकाे छ ।
सो कार्यक्रमका अध्यक्षता वडा न.४ का वडा अध्यक्ष तुरन्त नारायण यादव रहनु भएको थियोे । बिशिस्ट अतिथितीमा नगर प्रमुख प्रदिप कुमार यादव नेकपा एस पार्टी को केन्द्रिय सद्स्य रमेष प्रसाद जयस्वाल ,नगरउप प्रमुख प्रमिला देबी,प्रदेश सद्स्य गुलाम सरोवर ,जिल्ला अध्यक्ष कमल यादव , बृन्दावन नगरपालिका को मेयर बिनोद पटेल ,पुर्व वडा अध्यक्ष उपेन्द्र दास ,लक्ष्मी नारायण यादव,धरमेन्द्र प्र. पटेल लगायत बिजय कुश्वाहा को उपस्थिति रहेका हुन् ।
मन्त्री कनिश पटेलले सम्बोधनमा भने , मधेशको अधिकार उच्च मूल्याङ्कन गर्दै “ अग्रपंक्तिमा रहेर नेतृत्व गर्नुभयो, आज पनि सरकारको नेतृत्व सम्हालेर जनताको अधिकार सुरक्षित गर्ने काममा अगाडि बढ्नु भएको छ।” माधवकुमार नेपालले मूल्यमान्यता सुदृढ गर्न नेकपा एसले खेलेको भूमिकालाई स्मरण गर्दै सबै तहमा पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनु भएको छ ।
कार्यक्रममा पार्टीका शीर्ष नेताहरू, प्रतिनिधिहरू, विभिन्न जिल्लाबाट आएका कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रममा नेकपा पार्टी को कार्यकर्तालाई हार्दिक धन्यवाद ज्ञापन गर्दै, मधेश प्रदेशका तमाम नागरिकप्रति विशेष आभार प्रकट गरिएकाे छ ।
नव नियुक्त मन्त्री पटेलले आफ्नो सम्बोधनमा पार्टी र जनताको भरोसामा अझै गम्भीर जिम्मेवारीसहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन । मधेशको हकहितका लागि लड्दै आएका संस्थागत गर्दै विकास, समावेशिता र सामाजिक न्यायमा आधारित शासन प्रणाली निर्माणमा आफू क्रियाशील रहने उनले बताए । हस्त धन्यबाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0