
अरमान कुमार उपाध्याय कार्तिक ९ गते बारा जिल्ला को सिम्रौनगढ नगरपालिका कचोर्वा ८ को वडा कार्यलय को आयोजनामा हिन्दूहरूको लोक आस्थाको महापर्व छठको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम वडा अध्यक्ष रामदिनेश यादव जी को अध्यक्षतामा सम्पन्न भएको छन । कार्यक्रम बारा जिल्ला को सिम्रौनगढ नगरपालिका कचोर्वा वाड न.८ को वडा कार्यलय स्थित आयोजना गरिएको थियो।आजको को शुभकामना आदानप्रदान कार्यक्रममा आउनु भएका विभिन्न पार्टी को नेताकार्यकर्ता ,बुधीजिबी ,शिक्षक ,स्थानीयलाई वडा अध्यक्ष रामदिनेश यादवले गम्छा,माला लगाई स्वागत गरेका थिए ।आजको कार्यक्रम मा वडा अध्यक्ष यादव ले भन्नु भो कि मेयर ले बिधालय को ३ वटा कर्मचारी हटाउदा बिधालय को पठन पाठन ,कामकाज ठप हुन लागिएको कारण असन्तुस्त व्यक्त गरेका थिए ,जन्ता माध्यमिक बिधालय लाई कक्षा११/१२ तथा ccvt संचालन गर्न मा धेरै पहल र सहयोग गरेका वहाले बताए ,साथै साथमा बसवरिया चौकी को भवन को लागि संघीय तथा प्रदेश सरकार बाट बजेट लिआउनु भएको हो,त्यो भवन कसैले रोक्न पाउदैन ,जसरी भए काम सुरु हुनेछ । ।आजको शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अतिथि बतहु यादव जीको उपस्थितिमा मा कार्यक्रम भब्यता को साथमा सम्पन्न भएको छ।विभिन्न पार्टी को नेताहरूले आ-आफ्ना विचार व्यक्त गर्दै छठ पर्वले ल्याउने धार्मिक सहिष्णुता, सद्भाव र एकताको सन्देशलाई जोड दिएका थिए।
उक्त अवसरमा वक्ताहरूले नेकपा एस पार्टी ले देशमा सामाजिक न्याय, समानता र समृद्धिको यात्रामा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै मधेशमा समावेशी विकास र राजनीतिक स्थायित्वका लागि सबैले साझा प्रयास गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता, बुद्धिजीवी, व्यापारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम अन्त्यमा वडा अध्यक्ष यादवले सबै सहभागीलाई पर्वको शुभकामना दिँदै राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक समृद्धिको मार्गमा सबै मिलेर अघि बढ्न आह्वान गर्नुभयो। हस्त धन्यवाद।
























