
अरमान कुमार उपाध्याय मंसिर १३ गते रुइत फाउण्डेसनको आर्थिक सहयोगमा,
नेपाल नेत्रज्योति संघ, गौर आँखा अस्पताल (गौर–८, पुरेनवा)
र परोहा नगरपालिकाको संयुक्त आयोजनामा परोहामा एक दिने निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न । नगर प्रमुख शेख वकिलजीले
शिविरको उद्घाटन गर्दै आँखा स्वास्थ्य जस्तो महत्वपूर्ण विषयमा नगर वासीलाई सचेत गराउने उद्देश्यले यस्तो कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । शिविर परोहा नगरपालिका स्वास्थ्य शाखा को निगरानीमा नेपाल नेत्र ज्योती संघ गौर अँखा अस्पताल रौतहट को प्राविधिक सहकार्यमा सम्पन्न गरिएको थियो । शिविरमा आएका बिरामी जाँच ३६८/मध्ये ११३/ जनामा मोतियाविन्दुको समस्या पाइएको स्वास्थ्य शाखा प्रमुख जलन्धर यादवले जानकारी दिनुभयो ।आजको शिविर मा सेवाग्राहीहरुलाई निशुल्कमा चसमा १५२ जनालाई बितरण गरेका छन् र औषधि १७८ जना लाई गरेका हो।
उहाँका अनुसार, “शिविरमा आएका करिब ३५/: प्रतिशत बिरामीमा मोतियाविन्दु देखिनुले आँखा रोगको अवस्था भयावह देखिएको छ ।“ उहाँले मोतियाविन्दु रोगका प्रमुख कारणहरूका रूपमा बढ्दो उमेर, आँखाको स्वास्थ्यबारे न्यून जानकारी, उपचारको लागि आर्थिक अभाव, धुलो–धुवाँमा बित्ने जीवनशैली, तथा अस्पतालसम्मको पहुँचमा कमीलाई औंल्याउनुभयो ।
उहाँले थप्नुभयो, “ग्रामीण भेगमा आँखाको नियमित परीक्षण नगर्ने र स–साना समस्या पनि बेवास्ता गर्ने बानीले गर्दा मोतियाविन्दुका बिरामी बढ्दै गएका छन् ।“ गौर आँखा अस्पताल रौतहट का प्राविधिक टोलीका अनुसार, शिविरमा पत्ता लागेका मोतियाविन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रिया यही पुरेनवा अँखा अस्पतालमा गराइनेछ ।
सेवा विवरण
• महिला : १९४
• पुरुष : १७४
• जम्मा जाँच : ३६८
• अपरेशनका लागि छनौट : ११३
छनौट भएका बिरामीहरूको अपरेशन गौर आँखा अस्पतालमा
• आइतवार
• सोमबार
• मंगलवार
गरिने कार्यक्रम तय गरिएको छ।
⸻
वितरण सेवा
• चश्मा वितरण : १५२ जना
• औषधि वितरण : १७८ जना
निःशुल्क शिविरमा गौर आँखा अस्पतालका
अशोक पासवान, अबताब आलम, अर्चना सिंह, अमित दास
लगायत ८ जनाको प्राविधिक टोली ले सेवा प्रदान गर्यो।
त्यसैगरी, परोहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जलनधर यादवको नेतृत्वमा
झण्डै १५ जनाले सहयोग प्रदान गर्दै कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन ।
उपस्थित सबैलाई आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामूलक शिक्षा प्रदान गरिएको कार्यक्रम संयोजक सतेन्द्र पाण्डेले जानकारी दिए।
परोहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जलन्धर यादवले भन्नुभयो, “यस प्रकारका निःशुल्क स्वास्थ्य शिविरले गाउँघरका सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुर्याउँछ । अबका दिनमा अन्य वडामा पनि यस्ता स्वास्थ्य सेवा विस्तार गर्ने योजना बनाइएको छ ।
“ शिविरमा स्थानीय समाजसेवी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी , र स्वयंसेवकहरूको समेत सक्रिय भद्रभलादमि लगायत स्थानियबासिहरुको सहभागिता रहेको थियो ।






















