अरमान कुमार उपाध्याय                                       २०८२ मंसिर १९ गते                                                       रौतहट  बौधिमाई नगरपालिकाको स्वास्थ्य शाखाद्वारा “स्वस्थ समुदाय निर्माणमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण योगदान” भन्ने मूल नारासहित २२ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस भव्यताको साथ मनाइयो। शुक्रबार को दिन कोपवा ५ को सामुदायिक भवनमा विशेष कर्यक्रम गरि वाड न.१ देखि ९ सम्म को स्वास्थ्य अस्पताल को ईन्चार्ज को सहयोगमा  यस अवसरमा महिलाहरूको स्वस्थ्य सेवा पहुँच वृद्धि, समुदायमा रोगनियन्त्रण तथा जनचेतना अभिवृद्धिमा स्वयंसेविकाहरूले पुर्‍याएको अतुलनीय भूमिकाको उच्च प्रशंसा गर्दै सम्मान समेत गरियो।आजको कार्यक्रम को बारेमा स्वास्थ्य शाखा प्रमुख तारकेश्वर सरले जानकारी गराउनु भएको हो।आजको बृहत् बकतृत्व अन्तर्कृया ताथा प्रतिस्प्रधात्मक क्रियाकलाप मा वाड न ३ कि निलम ठाकुरले प्रथम स्थान प्राप्त गरेकि छिन , वाड २ को श्री पति देवि दोस्रो स्थान , वाड ५ को मन्जु देवि त्रितिय स्थान हासिल गरि पुरस्कृत हुनु भएको थिएन । सबै स्वंय  सेबिका लाई चंदन , दोशाला ओढाएर , नगर प्रमुख प्रदिप कुमार यादवजी ,उप प्रमुख प्रमिला देबी जयस्वालजी लगायत यो नगर पालिका भित्र को सम्पुर्न इन्चार्ज जि,स्वा. कर्मी साथी हरु ले सम्मान गरि बृहत् उपस्थितिमा कार्यक्रम सफल बनाउन सहयोग गरेका छन् हस्त धन्यबाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0