अरमान कुमार उपाध्याय                                                मंसिर २१ गते

रौतहट =ईशनाथ नगरपालिका–५ अन्तर्गत रहेको श्री सेकन्डरी विद्यालय, लक्ष्मिनिया जटहारा मा आज नगरपालिकाका नगर शिक्षा अधिकारी नन्द किशोर गुप्ताले अनुगमन कार्य सम्पन्न गरेका छन्। विद्यालयको दिवाखाजा ,शैक्षिक अवस्था, विद्यार्थीहरूको उपस्थिती, सिकाइ वातावरण तथा प्रशासनिक व्यवस्थापनबारे नगरपालिका नगर शिक्षा अधिकारीले प्रत्यक्ष रूपमा अवलोकन गरेको हो।

अनुगमनका क्रममा विद्यार्थीहरू कक्षा कोठामै बसेर पठन–पाठन गतिविधिमा संलग्न रहेको देखिन्थ्यो। नगरपालिकाका अधिकारीहरूले शिक्षक तथा विद्यालय प्रशासनसँग शैक्षिक गुणस्तर, भौतिक संरचना, सिकाइ–सुविधा तथा सुधारका सम्भावनाबारे विस्तृत छलफल गरेका थिए।

विद्यालयले हाल केही कक्षा बाहिर सञ्चालन भइरहेको र सुविधा अभावका कारण केही चुनौतीहरू रहेको जानकारी गराएको थियो। अनुगमन टोलीले सिकाइ वातावरणलाई अझ सुव्यवस्थित र प्रभावकारी बनाउन आवश्यक निर्देशन र सुझाव प्रदान गरेको छ।

अनुगमनपछि ईशनाथ नगरपालिकाका नगर शिक्षा अधिकारीले विद्यालयको समग्र प्रगतिका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0