
अरमान कुमार उपाध्याय मंसिर २८ गते
राजपुर (रौतहट) — राजपुर नगरपालिकाको नव–निर्मित प्रशासनिक कार्यालय भवनको उद्घाटन मंसिर २९ गते सोमबार को दिन भव्य रूपमा सम्पन्न हुने भएको छ। नगर प्रमुख श्री डा. मो. राजिवक आलम ज्यूको प्रमुख आतिथ्यतामा भवन उद्घाटन तथा सम्बोधन कार्यक्रम आयोजना गर्न लागिएको हो।
नगरपालिकामा निर्माण सम्पन्न भएको प्रशासकीय कार्यालय भवनको औपचारिक समुद्घाटन कार्यक्रम मिति २०८२ साल मंसिर २९ गते बिहान ११ बजे देखि सुरु सम्पन्न हुने भएको छ ।
नगरपालिकाको सेवा प्रवाहलाई अझ प्रभावकारी, व्यवस्थित र जनमुखी बनाउने उद्देश्यले निर्माण गरिएको यस भवनले नगर प्रशासनलाई एउटै छानामुनि समेट्दै नागरिकलाई छिटोछरितो सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
नगर प्रमुख डा. मो. राजीक आलमले प्रशासकीय भवन नगरको दीर्घकालीन विकास यात्राको महत्वपूर्ण आधार भएको बताउँदै, “यो भवन केवल संरचना मात्र नभई सुशासन, पारदर्शिता र उत्तरदायित्व सुदृढ गर्ने माध्यम हो । अब नागरिकले एकै स्थानबाट गुणस्तरीय सेवा पाउने वातावरण बनेको छ,” भन्नुभयो ।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले भवन सञ्चालनसँगै प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्दै, “नयाँ भवनले सेवा प्रवाहको समय घटाउने, कर्मचारीबीच समन्वय बढाउने र अभिलेख व्यवस्थापनलाई आधुनिक बनाउनेछ । यसले नागरिक सन्तुष्टि अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेछ,” भन्नुभयो ।
नगरपालिकाले उक्त ऐतिहासिक तथा महत्वपूर्ण कार्यक्रममा आम जनसमुदाय, सञ्चारकर्मी तथा सरोकारवाला सबैलाई गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ । कार्यक्रमले राजपुर नगरपालिकाको प्रशासनिक सुदृढीकरण र विकास यात्रामा नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।
नगरपालिकाका अनुसार नयाँ प्रशासनिक भवन सञ्चालनमा आएपछि सेवाग्राहीलाई एकै स्थानबाट सहज, छरितो र प्रभावकारी सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। यसले स्थानीय प्रशासनलाई थप व्यवस्थित बनाउँदै सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न पार्टी को नेताकार्यकर्ता ,बुधिजिबी,प्रहरी ,पत्रकार लगायत समाजसेवी तथा सर्वसाधारणको उपस्थिति रहने नगरपालिकाले जनाएको छ।






















