
- अरमान कुमार उपाध्याय पौष ८ गते
रौतहट । परोहा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाले स्थायी शिक्षक सेवा पदपूर्तिका लागि सूचना प्रकाशित गरेको छ।
परोहा नगरपालिका वडा नं. ६ अन्तर्गत अवस्थित श्री अन्नहोतिलाल माध्यमिक विद्यालय, बसन्तपट्टीमा रिक्त रहेको प्राथमिक तह शिक्षक पद संख्या १ (एक) मा सेवा प्रक्रिया अगाडि बढाउनका लागि यो सूचना प्रकाशित गरिएको हो।
विद्यालयको चलानी नम्बर ४० र मिति २०८१/०९/०८ को पत्रअनुसार आवश्यक प्रक्रिया पुरा गरी सम्बन्धित तह र विषयको योग्यता पुगेका स्थायी शिक्षकहरूबाट निवेदन आह्वान गरिएको नगरपालिकाले जनाएको छ।
सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र शिक्षा नियमावली अनुसार आवश्यक कागजातसहित निवेदन दिन सकिने जनाइएको छ। निवेदन सम्बन्धित विद्यालय, स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाइको सहमतिसहित पेश गर्नुपर्नेछ।
नगरपालिकाका अनुसार शिक्षक सेवा सम्बन्धी निर्देशिका, २०७९ को दफा ९ बमोजिम यो प्रक्रिया अघि बढाइएको हो।
इच्छुक शिक्षकहरूले विद्यालयको इमेल shreeanhotilalsecondaryschoolb@gmail.com मार्फत समेत निवेदन पेश गर्न सक्ने व्यवस्था गरिएको छ। तोकिएको समयावधि नाघी प्राप्त भएका निवेदनमाथि कुनै कारबाही नहुने स्पष्ट पारिएको छ।
सूचना परोहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मो. महफुज अहमदद्वारा हस्ताक्षर गर्नु भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























