पौष ८ गते
रौतहटको बौधीमाई नगरपालिकाले सेवा करारमा रोजगारी संयोजक तथा लघु उद्यम विकास सहायक पदमा कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। नगर कार्यपालिकाको कार्यालय, सरमुज्वावा रौतहटद्वारा प्रकाशित सूचनाअनुसार संघीय सरकारबाट प्राप्त सशर्त अनुदान अन्तर्गत सञ्चालन हुने कार्यक्रमका लागि कर्मचारी छनोट गर्न लागिएको हो।
सूचनाअनुसार रोजगारी संयोजक (छैटौं तह) र लघु उद्यम विकास सहायक (चौथो तह) पदका लागि प्रत्येक पदमा १–१ जना कर्मचारी आवश्यक रहेको छ। इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित मितिले २५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्।
योग्यताअन्तर्गत मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित तह उत्तीर्ण गरेको, तोकिएको उमेर सीमा पूरा गरेको तथा प्रचलित कानुन अनुसार अयोग्य नठहरिएको हुनुपर्ने उल्लेख छ।
आवेदन बौधीमाई नगरपालिकाको कार्यालयमा बुझाउनुपर्नेछ भने लिखित तथा मौखिक परीक्षाका माध्यमबाट छनोट गरिने जनाइएको छ। सेवा सुविधा नगर कार्यपालिकाको निर्णयअनुसार हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0