अरमान कुमार उपाध्याय                                                 पौष १० गते
रौतहट — लागू औषध विरुद्ध रोकथामका उपायहरूबारे जानकारी दिन बौधिमाई नगरपालिकामा जनचेतनामूलक कार्यक्रम ,छ्लफल  तथा अनुगमन कार्य नगर प्रमुख प्रदिप कुमार यादव जी को अध्यक्षता सम्पन्न भएको छ ।आजको कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय रौतहट को कार्यलय प्रमुख दिनेश सागर भुसाल ज्यु रहेको थियोे । रौतहटका प्रहरी उपरीक्षक (एसपी) र प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले बौधिमाई नगरपालिका–अन्तर्गत बन्कुल बजार क्षेत्रमा संयुक्त अनुगमन गरेका छन्। बजार क्षेत्रमा शान्ति–सुरक्षा, व्यापारिक गतिविधि तथा स्थानीय अवस्था अवलोकन गर्न अनुगमन गरिएको हो।
अनुगमनका क्रममा सुरक्षा निकायका अधिकारी, नगरपालिकाका प्रतिनिधि तथा सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो। बजार क्षेत्रमा हुने अव्यवस्था नियन्त्रण, सुरक्षा सतर्कता र सर्वसाधारणको सहजताका विषयमा छलफल समेत गरिएको जनाइएको छ।
स्थानीय बासिन्दाले उच्च अधिकारीको प्रत्यक्ष अनुगमनले बजार व्यवस्थापन र सुरक्षा मजबुत हुने अपेक्षा व्यक्त गरेका छन्। श्री सामुदायिक भवन, कोपवामा आयोजित कार्यक्रममा लागू औषधको दुष्प्रभाव, युवामा पर्ने असर तथा रोकथामका उपायहरूबारे छलफल गरिएको थियो।
कार्यक्रम बौधिमाई नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो भने जिल्ला प्रहरी कार्यालय, गौर रौतहटको सहकार्य रहेको थियो। कार्यक्रममा प्रहरी अधिकारी, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
वक्ताहरूले लागू औषध दुव्र्यसन समाजका लागि गम्भीर चुनौती बनेको भन्दै यसको नियन्त्रणका लागि परिवार, समाज र राज्य सबैको साझा भूमिका आवश्यक रहेको बताए।
नगरपालिकाले यस्ता जनचेतनामूलक कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। विशेष जनचेतनामूलक अभियान सञ्चालन गरिएको छ।
कार्यक्रममा स्थानीय तह, समुदाय, सामाजिक संस्था तथा विद्यालयको सहभागितामा लागू औषध दुव्र्यसन नियन्त्रण र रोकथामका विषयमा छलफल तथा सचेतनामूलक गतिविधिहरू सञ्चालन गरिएका थिए।
नेपाल प्रहरीको पहलमा सञ्चालन गरिएको उक्त कार्यक्रममा लागू औषधका कारण समाजमा पर्ने नकारात्मक प्रभाव, युवामा देखिने समस्या तथा यसको न्यूनीकरणका उपायहरूबारे जानकारी दिइएको थियो।
कार्यक्रमका वक्ताहरूले लागू औषध नियन्त्रणका लागि प्रहरी, स्थानीय सरकार, विद्यालय र समुदायबीच सहकार्य आवश्यक रहेको बताएका छन्। साथै यस्ता अभियानलाई निरन्तरता दिँदै समाजलाई सुरक्षित र स्वस्थ बनाउन सबै पक्षको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएका छन्।
नेपाल प्रहरीले समुदायसँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै लागू औषधविरुद्ध अभियानलाई अझ सशक्त बनाउने जनाएको छ। रौतहट जिल्लाको बौधीमाई नगरपालिका कार्यालयको प्राङ्गणमा लागु औषध द्रुव्यसन,रोकथामका उपायहरु सम्बन्धि जनचेतनामूलक कार्यक्रमको आयोजक जिल्ला प्रहरी कार्यालय गौर,रौतहट,जेन जेड-2.0 का संयोजक सोनू कुशवाहा तथा प्रहरी उपरीक्षक रविन कार्की,सशस्त्र प्रहरी वल ११ नं.गणपति रामहरि अधिकारी,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय गौरका कार्यालय प्रमुख कुमार बूढाथोकी,बौधीमाई नगरपालिका को नगर उपप्रमुख प्रमिला देवी जयसवाल,प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरी, वडा अध्यक्ष मुक्ति नारायण मिश्रा ,बिन्देशवर राय यादव ,लक्ष्मी नारायण यादव सुनिल प्रसाद जयस्वाल स्वास्थ्य शाखा प्रमुख तारकेशवर पटेल,स्वास्थ्य सह संयोजक राकेश यादव ,लेखापाल रमेष यादव श्री शंकर माध्यमिक विद्यालय सरमुजवाका विद्यालय व्यवस्थापनका अध्यक्ष रमेश प्रसदा जयसवाल,नगरपालिका कार्यालयका कार्यपालिका सदस्यहरु,नगरपालिका कार्यालयका राष्ट्र सेवक कर्मचारीहरु,नदि नियन्त्रण कार्यालयका कार्यालय प्रमुख अनुभव चौधरी,सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका कार्यालय प्रमुख अरुण कुमार लालकर्ण,सशस्त्र प्रहरी वल बि.ओ.पि.सरमुजवाका सशस्त्र प्रहरी निरिक्षक परशुराम लामिछाने लगायतका राष्ट्र सेवक सुरक्षाकर्मीहरु लगायत शिक्षक ,शिक्षिका बिधार्थी हजारो जनाको सहभागीता रहेको थिए ।
विपत सम्बन्धि आगलगिमा कुनै पनि जनप्रतिनिधि वा आम समुदायका व्यक्तिको घरमा क्षति भएको छ भने वडा कार्यालय र नगरपालिका कार्यालयले मात्र वितरण गर्ने। विपत पोटल Online बाट आएमा
सडक डिभिजन हुलाकी राजमार्ग मात्र परेकाले कुनै अर्को सेवा सुविधा छैन।
सिमाना नाका सम्बन्धि बंकुल छोटी भंन्सार कार्यालय संचालनको लागि अर्थ मन्त्रालयका प्रमुखले मात्र खुलाउने हो।
नदि नियन्त्रण सम्बन्धि मौलापुर नगरपालिका वडा नं.०१ म्यादपुर र बौधीमाई नगरपालिका वडा न.०१ र ०२ को सिमाना रहेकोले पहिलो किस्ता स्वरूप रु.२२ लाख मात्र आएको लगायत कुराहरु राष्ट्र सेवक कर्मचारीको तर्फबाट आएको।
विद्युत सम्बन्धि
विपन्नको लागि वडा कार्यालयबबाट सिफारिस आएमा नि:शुल्क मिटरको लागि केन्द्रसम्म पहल गरिदिन्छु।
,कार्यक्रमको मुख्य उदेश्य लागूऔषध सम्बन्धि एक दिन प्ररिक्षण कार्यक्रमका प्रवेक्षक प्रहरी नायव निरिक्षक तेजप्रताप सिहंले लागूऔषध के हो?
मानिसको मस्तिष्क तथा शरीरमा नकारात्मक असर पार्ने र लत लाग्ने पदार्थलाई लागूऔषध भनिन्छ।
जस्तैः गाँजा,चरेस,अफिम,हेरोइन,ब्राउन सुगर, कोकिन,नशालु ट्याब्लेट,सिरप आदि।
लागूऔषध प्रयोगका कारण
गलत साथीसँगको संगत
जिज्ञासा र मनोरञ्जनको नाममा प्रयोग
तनाव,बेरोजगारी,पारिवारिक समस्या
जानकारी र चेतनाको अभाव
लागूऔषधका असरहरू
शारीरिक असर
कलेजो,फोक्सो,मस्तिष्कमा गम्भीर क्षति
रोग प्रतिरोधात्मक क्षमता घट्नु
अकाल मृत्युको जोखिम
मानसिक र सामाजिक असर
आक्रामक व्यवहार
पढाइ तथा काममा असफलता
परिवारिक कलह र सामाजिक अपमान
अपराधतर्फ आकर्षण
कानुनी पक्ष
नेपालको कानुन अनुसार लागूऔषधको
उत्पादन
ओसारपसार
खरिद–बिक्री
सेवन
सबै अपराध हुन् र कडा सजायको व्यवस्था छ।
लागूऔषधबाट बच्ने उपाय
सही जानकारी र जनचेतना फैलाउने
राम्रो संगत र सकारात्मक सोच
खेलकुद,योग,सिर्जनात्मक गतिविधिमा संलग्न हुने
अभिभावक र शिक्षकको निगरानी
समस्या परेमा परामर्श तथा उपचार लिनु
हाम्रो भूमिका
आफैँ लागूऔषध प्रयोग नगर्ने
अरूलाई पनि सचेत गराउने
शंकास्पद गतिविधि देखे सम्बन्धित निकायलाई जानकारी गराउने समाजमा स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने कुराहरू बताउदैँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0