अरमान कुमार उपाध्याय                                                         पौष १८ गते
रौतहट । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, मधेस प्रदेश जनकपुरधामद्वारा आयोजित छैठौँ साधारणसभा तथा तेस्रो अधिवेशन (बन्द सत्र) आज रौतहटको चन्द्रपुर–४ स्थित गोल्डेन ब्याङ्क्वेटमा सम्पन्न भएको छ।
कार्यक्रममा मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री माननीय कनिश पटेल प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। कार्यक्रममा बोल्दै मन्त्री पटेलले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, सशक्तिकरण तथा उनीहरूको सामाजिक, आर्थिक र राजनीतिक समावेशीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
उहाँले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धि, रोजगारीका अवसर सिर्जना र पहुँचयुक्त पूर्वाधार निर्माणमा प्रदेश सरकारले प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अधिवेशनमा संगठनको प्रगति प्रतिवेदन, भावी कार्ययोजना तथा संगठन सुदृढीकरणसम्बन्धी विषयमा छलफल गरिएको थियो। अपाङ्गता भएका व्यक्तिहरूको हकहित सुनिश्चित गर्न यस्ता कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण रहेको सहभागीहरूले बताएका छन्।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न योगदान दिने सम्पूर्ण आयोजक समिति, प्रतिनिधि तथा सहभागीहरूप्रति आयोजक संस्थाले हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0