अरमान कुमार उपाध्याय                                                  पौष १९ गते
रौतहट । ऐतिहासिक पर्सागढी विजयको २११औँ वर्षगाँठको अवसरमा आयोजित पदयात्रा, विविध सांस्कृतिक प्रदर्शन तथा विजय–याली कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री माननीय कनिश पटेलज्यूको गरिमामय प्रमुख आतिथ्य रहेको थियो। मन्त्री पटेलले पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।
उत्सवको अवसरमा आयोजित पदयात्रा तथा विजय–यालीमा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्था, युवायुवती, विद्यार्थी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। साथै, विभिन्न जातजातिका सांस्कृतिक झाँकी, नृत्य तथा मौलिक सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
प्रमुख अतिथि मन्त्री पटेलले पर्सागढी विजयले नेपाली इतिहासमा बोकेको वीरता, स्वाभिमान र राष्ट्रिय एकताको भावनालाई भावी पुस्तासम्म पुर्‍याउन यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले ऐतिहासिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धनमा प्रदेश सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
ऐतिहासिक पर्सागढीको गौरव, वीरताको स्मरण तथा सांस्कृतिक पहिचानको संरक्षणमा यो कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0