अरमान कुमार उपाध्याय                                                   माघ २ गते
रौतहट । बारा जिल्लाको जमुनी नदीबाट बौधिमाई नगरपालिकाको नहरसम्म सिचाइका लागि पानी ल्याउने विषयमा सरोकारवाला निकायबीच स्थलगत निरीक्षण तथा छलफल गरिएको छ।
रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO), नारायणी सिचाइ कार्यालयका डिभिजनल इन्जिनियर (DE) तथा प्रहरी उपरीक्षक (SP) को संयुक्त टोलीले बारा जिल्लाको जमुनी नदी क्षेत्र तथा बौधिमाई नगरपालिकासँग जोडिने नहरको स्थलगत अवलोकन गरेको हो। उक्त निरीक्षण बौधिमाई नगरपालिकाका नगर प्रमुख श्री प्रदिप कुमार यादवज्यूको विशेष पहलमा सम्पन्न भएको हो।
बौधिमाई नगरपालिका क्षेत्रका कृषकहरूका लागि सिचाइको प्रमुख स्रोतको रूपमा रहेको जमुनी नदीको पानी नगरपालिकाभित्रको नहरसम्म पुर्‍याउन सके कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ। हाल सिचाइ पानीको अभावका कारण स्थानीय किसानहरूले धान, गहुँ, तरकारीलगायतका बाली उत्पादनमा विभिन्न समस्या भोग्दै आएका छन्।
यस समस्यालाई मध्यनजर गर्दै नगर प्रमुख प्रदिप कुमार यादवज्यूले सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी सिचाइको दीर्घकालीन समाधान खोज्ने पहल गर्नुभएको हो। उहाँले किसानहरूको हितलाई प्राथमिकतामा राख्दै सिचाइ पहुँच विस्तारका लागि आवश्यक प्राविधिक, प्रशासनिक तथा सुरक्षा समन्वय आवश्यक रहेको बताउनुभयो।
स्थलगत निरीक्षणका क्रममा सिचाइ संरचना, नहरको अवस्था तथा पानी प्रवाह सम्भावनाबारे प्राविधिक छलफल गरिएको थियो। सरोकारवाला निकायहरूले योजनालाई कार्यान्वयनमा लैजान आवश्यक प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यस पहल सफल भएमा बौधिमाई नगरपालिकाका सयौँ कृषक लाभान्वित हुने र कृषि उत्पादनमा आत्मनिर्भरता बढ्ने विश्वास स्थानीयवासीले व्यक्त गरेका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0