
- गुजरामाइ मिडिया माघ ३ गते रौतहटको पावन धर्ती मौलापुर नगरपालिकामा आज कानु हलुवाई जागरण तथा सम्मान समारोह भव्य रूपमा सम्पन्न भएको छ। कानु समाजको एकता, पहिचान र सामाजिक चेतनालाई मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा देश–विदेशबाट विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि कानु समाजका अग्रज नेता राजकुमार साह कानु रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा छिमेकी राष्ट्र भारतको बिहार प्रदेशकी माननीय छोटी कुमारी साह कानु सहभागी हुनुभएको थियो। साथै भारतका विभिन्न संसद प्रतिनिधि, गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह कानु तथा देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह कानुको समेत गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा कानु समाज रौतहट जिल्ला अध्यक्ष सरफलाल साह कानुले अध्यक्षता ग्रहण गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन (उद्घोषण) दिनदयाल साह कानुले गर्नुभएको थियो। आजको कार्यक्रममा बिशेष पहल र सहयोग तथा ब्यास्थापन कानु समाज समितिका केन्द्रीय महा सचिव सुरेश साहले गरेका हो, विभिन्न पदाधिकारीहरू, समाजसेवी, बुद्धिजीवी तथा देशभरिका कानु समाजका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
वक्ताहरूले कानु समाजको ऐतिहासिक योगदान, सामाजिक एकता, शिक्षा, चेतना र अधिकारका विषयमा जोड दिँदै यस्ता जागरण तथा सम्मान कार्यक्रमहरूले समाजलाई संगठित र सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत प्रदान गरिएको थियो।
समग्रमा, मौलापुर नगरपालिकामा सम्पन्न यो कानु हलुवाई जागरण तथा सम्मान समारोह कानु समाजको एकता, पहिचान र भावी दिशालाई स्पष्ट पार्ने ऐतिहासिक तथा प्रेरणादायी कार्यक्रमका रूपमा सफलतापूर्वक सम्पन्न भएको सहभागीहरूले बताएका छन्। मौलापुरमा आयोजित कार्यक्रममा गुजरामाई मिडियाका सञ्चालक अरमान कुमार उपाध्याय सम्मानित गरेका छन् ।
रौतहट जिल्लाको मौलापुर नगरपालिकामा कानु हलवाई समाज नेपालद्वारा आयोजित एक विशेष कार्यक्रममा बिहार विधानमण्डलकी माननीय सदस्य श्रीमती छोटी कुमारीज्यूको ले
उक्त कार्यक्रममा गुजरामाई मिडियाका सञ्चालक श्री अरमान कुमार उपाध्यायलाई समाज, सञ्चार र समुदायप्रतिको योगदानको कदर गर्दै माननीय छोटी कुमारीज्यूले आफ्नै हातबाट मायाको चिनो प्रदान गरी सम्मान गर्नुभएको हो।
कार्यक्रममा कानु हलवाई समाज नेपालका पदाधिकारीहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी वक्ताहरूले समाजिक एकता, सञ्चारको भूमिका तथा यस्ता सम्मानले युवा पुस्तालाई सकारात्मक कार्यतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए।
सम्मान प्राप्त गरेपछि श्री उपाध्यायले आयोजक संस्था कानु हलवाई समाज नेपाल र माननीय अतिथि प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि समाजहित र सत्य–तथ्यमा आधारित पत्रकारितामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1






















