अरमान कुमार उपाध्याय      माघ १० गते सनिवार                                रौतहट / बौधिमाई नगरपालिकाको सभा हौलमा हाथिपाईले (फाइलेरियासिस) रोग थाम तथा नियन्त्रणसम्बन्धी  एक दिने कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बौधिमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री उदय शंकर चौधरीज्यूको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा बौधिमाई नगरपालिकाका नगर प्रमुख श्री प्रदिप कुमार यादवज्यूको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिका रूपमा नगर उपप्रमुख श्रीमती प्रमिला देवी सहभागी रहनुभएको थियो।
कार्यक्रममा हाथिपाईले रोगको रोकथाम, आम औषधि सेवनको महत्व, आवश्यक सावधानी तथा दीर्घकालीन प्रभावबारे स्वास्थ्य शाखा तथा बाहिरी द्वारा प्रशिक्षण दिइएको थियो। प्रशिक्षण सत्रमा स्वास्थ्य शाखा प्रमुख श्री तारकेश्वर पटेल तथा स्वास्थ्य सह–संयोजक श्री राकेश यादवले सहजीकरण गर्नुभएको थियो।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख प्रदिप कुमार यादवज्यूले हाथिपाईले जस्तो दीर्घकालीन रोगको नियन्त्रणका लागि सबै नागरिकले अनिवार्य रूपमा औषधि सेवन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले नगरपालिकाले जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। हाथिपाईले रोग को औषधि खुवाउने कार्य दुई हाप्ता भित्रमा सम्पुर्न नगर बासीमा रहेका हो,भने स्वास्थ्य सह संयोजक राकेश प्रसाद यादव ले जान्कारी गराउनु भएको हो।
कार्यक्रममा हाथिपाईले रोगको रोकथाम, आम औषधि सेवनको महत्व, आवश्यक सावधानी तथा दीर्घकालीन प्रभावबारे स्वास्थ्य शाखाद्वारा प्रशिक्षण दिइएको थियो। प्रशिक्षण सत्रमा स्वास्थ्य शाखा प्रमुख श्री तारकेश्वर पटेल तथा स्वास्थ्य सह–संयोजक श्री राकेश यादवले सहजीकरण गर्नुभएको थियो।
उक्त कार्यक्रममा बौधिमाई नगरपालिका को लेखा प्रमुख रमेश यादव , वडा अध्यक्ष मुक्ति नारायण मिश्रा ,नरेन्द्र सिन्हा,मनिभुषण ,मुकेश यादव ,कार्यपालिका सदस्यहरू,आशा कुमारी बैठा , स्वास्थ्यकर्मीहरू, सशस्त्र प्रहरी, जनपद प्रहरीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख प्रदिप कुमार यादवज्यूले  हाथिपाईले जस्तो दीर्घकालीन रोगको नियन्त्रणका लागि सबै नागरिकले अनिवार्य रूपमा औषधि सेवन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले नगरपालिकाले जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीय तहस्तरीय योजना तथा बहुनिर्देशीय गोष्ठीमार्फत आम औषधि सेवन सम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको छ। उक्त व्यवस्थाअनुसार आम औषधि खुवाउन स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको परिचालन गरिने भएको छ।
कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई औषधि खुवाउने जिम्मेवारी दिइनेछ भने उनीहरूको खाजा तथा यातायात खर्चसमेत व्यवस्था गरिएको छ। जानकारी अनुसार प्रत्येक स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरूप निश्चित रकम उपलब्ध गराइने व्यवस्था छ।
यसैगरी समुदायस्तरीय अन्तरक्रिया कार्यक्रमसमेत सञ्चालन गरिने भएको छ। जसमा वडा अध्यक्ष, वडा सदस्य, शिक्षक प्रतिनिधि, धार्मिक अगुवा, महिला समूह प्रतिनिधि, टोल विकास समिति, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायत सरोकारवालाको सहभागिता रहनेछ। अन्तरक्रियामार्फत आम औषधि सेवन नगर्ने व्यक्तिहरूलाई लक्षित गरी जनचेतना फैलाउने उद्देश्य राखिएको छ।
औषधि सेवनबारे प्रचार–प्रसार गर्न ब्यानर तयार गरी टाँस्ने व्यवस्था गरिएको छ। प्रत्येक वडामा कम्तीमा एक वटा ब्यानर टाँसिनेछ भने प्रत्येक वडामा एक दिन माइकिङ गरी औषधि सेवनको महत्त्वबारे जानकारी दिइने कार्यक्रम तय गरिएको छ।
स्थानीय तहका अनुसार यस कार्यक्रमले समुदायमा आम औषधि सेवनको पहुँच बढाउनुका साथै जनस्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। , , हात्तीपाइले रोग नियन्त्रण तथा उन्मूलनका लागि सञ्चालन गरिने आम औषधि सेवन (Mass Drug Administration) अभियानसम्बन्धी व्यवस्था सार्वजनिक गरिएको छ। तस्बिरमा देखाइएको प्रस्तुतीकरणअनुसार यस अभियानमा प्रभावशाली व्यक्तिहरू—जस्तै कर्मचारी, हात्तीपाइलेका बिरामीहरू, वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरू, राजनीतिक नेता, धर्मगुरु, शिक्षक लगायत—को सहभागिता रहने व्यवस्था गरिएको छ।
गाउँपालिका तथा नगरपालिकाबाट आम औषधि सेवन अभियान सञ्चालन गरिने र यसमा स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सरोकारवाला निकायको सक्रिय भूमिका रहने उल्लेख गरिएको छ। अभियानलाई प्रभावकारी बनाउन समुदायस्तरमा औषधि सेवन गराइने तथा आवश्यक समन्वय गरिनेछ।
प्रस्तुतीकरणअनुसार पालिका स्वास्थ्य संयोजक तथा स्वास्थ्यकर्मीका लागि औषधि सेवन अवधिभर यातायात खर्च बापत भत्ता उपलब्ध गराइने व्यवस्था गरिएको छ। त्यस्तै, स्वास्थ्य चौकी प्रमुखहरूका लागि पनि निश्चित दरमा यातायात खर्च उपलब्ध गराइने उल्लेख छ। (अनुगमन, सुपरिवेक्षण तथा SCT का लागि समेत व्यवस्था गरिएको छ।)
यस अभियानले हात्तीपाइले रोगको जोखिम न्यूनीकरण गर्दै दीर्घकालीन रूपमा रोग उन्मूलनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। स्थानीय सरकार, स्वास्थ्य निकाय तथा समुदायको सहकार्यमा अभियानलाई सफल बनाउने लक्ष्य लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0