अरमान कुमार उपाध्याय                                                         माघ १८ गते
रौतहट — बौधिमाई नगरपालिकाले जनस्वास्थ्यलाई मध्यनजर गर्दै नागरिकहरूका लागि महत्वपूर्ण जनहितमा जारी सन्देश सार्वजनिक गरेको छ। सरमुज्वा, रौतहटस्थित बौधिमाई नगरपालिकाको कार्यालयद्वारा जारी उक्त सूचनामा दैनिक जीवनशैली सुधार गरी स्वस्थ रहन नागरिकहरूलाई आग्रह गरिएको छ।
सूचनामा चिसो मौसममा स्वास्थ्य जोगाउन न्यानो कपडा लगाउने, टोपी, घाँटी र मुख राम्रोसँग ढाक्ने सुझाव दिइएको छ। त्यस्तै तातो खाना, पोषिलो पदार्थ जस्तै सुप, झोल, दूध तथा चिया सेवन गर्न अनुरोध गरिएको छ।
नगरपालिकाले चिसो पानीबाट नुहाउन नहुने र गुनगुना पानी प्रयोग गर्नुपर्ने, दिसापिसाबपछि साबुन पानीले हात सफा गर्नुपर्ने, हात–खुट्टा सधैं सफा राख्नुपर्ने उल्लेख गरेको छ। साथै, खोक्दा वा हाच्छ्युँ गर्दा मास्क प्रयोग गर्न र हात सफा राख्न विशेष ध्यान दिन आग्रह गरिएको छ।
यसका अतिरिक्त, पर्याप्त निद्रा लिनुका साथै हल्का व्यायाम गर्न समेत नगरपालिकाले नागरिकहरूलाई सुझाव दिएको छ। बौधिमाई नगरपालिकाले यस्ता सावधानी अपनाएमा मौसमी रोगबाट बच्न सकिने विश्वास व्यक्त गरेको छ।                          बौधिमाई नगरपालिका को कार्यलय सरमुज्वा,रौतहट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0