अरमान कुमार उपाध्याय                        माघ २२ गते शुक्रबार
रौतहट । बौधिमाई नगरपालिकामा HPV (ह्युमन पापिलोमा भाइरस) खोप सम्बन्धी पालिका स्तरीय सरोकारवालाहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नगर प्रमुख प्रदिप कुमार यादव र विशिष्ट अतिथिका रूपमा उप–नगर प्रमुख प्रमिला देवी जयस्वालको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख तारकेश्वर पटेलले HPV खोपको महत्व, प्रभावकारिता तथा सुरक्षित प्रयोगबारे सहजीकरण तथा प्रशिक्षण दिनुभएको थियो। साथै सह–संयोजकका रूपमा राकेश यादव रहनुभएको थियो। नियमित स्वास्थ्य जाँच सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेका छन । प्लास्टिकको झोलामा खाद्य पदार्थ राख्नु स्वास्थ्यका लागि घातक : नगर प्रमुख यादव
एक कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले प्लास्टिकको झोलामा माछा, मासु लगायतका खाद्य सामग्री राख्नु अत्यन्तै जोखिमपूर्ण रहेको बताएका छन्। उनले प्लास्टिकमा राखिएका यस्ता खाद्य वस्तु सेवन गर्दा विभिन्न प्रकारका गम्भीर रोग लाग्ने खतरा रहने उल्लेख गरे।
नगर प्रमुख यादवका अनुसार प्लास्टिकबाट निस्कने हानिकारक रसायन खाद्य सामग्रीमा मिसिन सक्छ, जसले दीर्घकालीन रूपमा मानव स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने गर्दछ। “प्लास्टिकको झोलामा माछा, मासु जस्ता सामग्री राख्नुले क्यान्सर, पेटसम्बन्धी रोग तथा अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्छ,” उनले चेतावनी दिए।
उनले आम नागरिकलाई प्लास्टिकको प्रयोग घटाउन र मासु, माछा तथा अन्य खाद्य सामग्री राख्न सुरक्षित भाँडा वा कागजको प्रयोग गर्न आग्रह गरे। साथै, स्थानीय तहले प्लास्टिकको प्रयोग नियन्त्रण गर्न आवश्यक नियम लागू गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले नगर प्रमुखको भनाइलाई समर्थन गर्दै स्वास्थ्य सचेतना बढाउन सबैको सहकार्य आवश्यक रहेको बताएका थिए।
रौतहट — महिलाहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नियमित स्वास्थ्य जाँच (Screening) सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पाठेघरको मुखको क्यान्सर जस्ता गम्भीर रोगहरू समयमै पत्ता लगाउन नियमित जाँचको महत्वबारे जानकारी दिइयो।
कार्यक्रममा महिलाहरूले निश्चित समय अन्तरालमा Pap Smear टेस्ट गर्नुपर्ने, यसले क्यान्सरको प्रारम्भिक अवस्था पहिचान गर्न मद्दत गर्ने तथा समयमै उपचार सम्भव हुने विषयमा प्रकाश पारियो। साथै, ३० वर्षभन्दा माथिका महिलाहरूले आवश्यक परे HPV टेस्ट तथा अन्य स्वास्थ्य परीक्षण गर्नुपर्ने सल्लाह दिइयो।
स्वास्थ्यकर्मीले नियमित जाँच, स्वस्थ जीवनशैली र स्वास्थ्य संस्थासँगको निरन्तर सम्पर्कले महिलाको जीवन सुरक्षित र स्वस्थ बनाउन ठूलो भूमिका खेल्ने बताए। कार्यक्रममा सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रम अझ व्यापक रूपमा सञ्चालन गर्नुपर्ने माग गरेका छन्। नियमित स्वास्थ्य जाँच (Screening)
क्यान्सर जति चाँडो पत्ता लाग्छ, उपचार त्यति नै प्रभावकारी हुन्छ।
महिलाहरूले स्तनको स्वयं जाँच र पाठेघरको ‘प्याप स्मियर (Pap Smear)’ टेस्ट नियमित गर्नुपर्छ।
पुरुषहरूले प्रोस्टेट र ५० वर्ष कटेपछि सबैले कोलोनोस्कोपी जस्ता जाँचहरू चिकित्सकको सल्लाहमा गर्नुपर्छ।
अभिमुखीकरण कार्यक्रममा बौधिमाई नगरपालिकाभित्रका शिक्षकहरू, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले HPV खोप महिलाको स्वास्थ्य सुरक्षाका लागि अत्यन्तै आवश्यक रहेको बताउँदै खोप अभियानलाई सफल बनाउन सबै सरोकारवालाले आ–आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0