अरमान कुमार उपाध्याय                                                 चैत २६ गते बिहीबार
रौतहट, मौलापुर — नेपाल विद्युत प्राधिकरण अन्तर्गत मौलापुर वितरण केन्द्रको आयोजनामा आज “विद्युत सुरक्षा दिवस–२०८२” भव्य रूपमा सम्पन्न गरिएको छ।
कार्यक्रम मौलापुर विद्युत केन्द्रका प्रमुख इन्जिनियर उमेश कुमार दास को रोहवरमा सम्पन्न भएको हो। दिवसको अवसरमा केन्द्रका सम्पूर्ण कर्मचारीहरूको सहभागितामा जनचेतनामूलक र्‍याली निकालिएको थियो।
र्‍याली स्मार्ट चौकबाट सुरु भई आईटी चौक हुँदै बजार क्षेत्र परिक्रमा गर्दै पुनः स्मार्ट चौकमा पुगेर समापन गरिएको थियो। सहभागीहरूले विद्युतको सुरक्षित प्रयोग, चोरी नियन्त्रण तथा दुर्घटना न्यूनीकरण सम्बन्धी विभिन्न नाराहरू लगाएका थिए।
कार्यक्रमको मुख्य उद्देश्य सर्वसाधारणमा विद्युत सुरक्षाबारे सचेतना फैलाउने, दुर्घटना न्यूनीकरण गर्ने तथा जिम्मेवार उपभोगको सन्देश प्रवाह गर्ने रहेको आयोजकले जनाएको छ।
स्थानीयवासीले पनि कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै यस्ता जनचेतनामूलक गतिविधिले समाजमा विद्युत सुरक्षाबारे ज्ञान अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन्। “नगरेँ है चोरीको धन्ता, परिएला कसुरको फन्दा।”
👉 चोरी नगर्नुहोस्, नत्र अपराधको फन्दामा पर्न सकिन्छ।
“सुरक्षा सामग्री साथमा, आफ्नो सुरक्षा आफ्नै हातमा।”
👉 सुरक्षा उपकरण प्रयोग गर्दा आफ्नै सुरक्षा सुनिश्चित हुन्छ।
“प्रलोभनमा नपरी, विद्युतको सुरक्षित प्रयोग गरौं।”
👉 कुनै लोभमा नपरी विद्युतलाई सुरक्षित तरिकाले प्रयोग गरौं।
यी सबै सन्देशहरू मानिसलाई सचेत गराउने र विशेषगरी विद्युत सुरक्षामा ध्यान दिन प्रेरित गर्ने खालका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0