
अरमान कुमार उपध्याय कार्तिक ४ गते सनिवार को दिन
वृहत् पार्टी प्रवेश तथा शुभकामना अदानप्रदान कार्यक्रम !!!
आज रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा न: ७ सगैया पिपरियामा नेकपा एसको रास्ट्रिय अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख अतिथियतामा हिन्दूहरुको महान पर्व बिजयी दशमी , शुभ दिपावली , तिहार र छठ पर्वको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेकपा एसको जिल्ला अध्यक्ष कमल राय यादवको संयोजकतवमा नगर अध्यक्ष नजिर खा जिकोअध्यक्षता तथा मौलापुर न.पा.को मेयर प्रत्याशी रामकल्याण यादव , नेकपा एस पोलिटिक व्युरो सदस्य रामकुमार भट्टराई , प्रदेशसभा सदस्य कनिष्ठ पटेल, बारा जिल्ला सह इन्चार्ज बतहु राय यादव , युवा संघ नेपाल मधेश प्रदेश को अध्यक्ष अर्जुन सिंह , बौधिमाई नगरपालिकाको नगरप्रमुख प्रदिप यादव , बृदावन नगरपालिकाको नगरप्रमुख बिनोद पटेल लगायत विभिन्न नेता कार्यकर्ता स्थानीय जनसमुदायको उपस्तिथिमा नेकपा माओवादी,ऐमाले,नेपाली काङरेस पार्टी प्रत्याग गरि नेकपा एसमा प्रवेश गर्ने, गगनदेव साह कानु ( मौलापुर न. पा. वडा ४ को वडाअध्यक्षको बुबा) ,चेथरु साह कानु , बिनोद महतो कोइरी, जोतिक राय , नगेन्द्र कुशवाहा लगायतको व्यक्ति नेकपा एसमा प्रवेश गर्नुभयको छ । नव प्रवेशिलाई पार्टी अध्यक्ष पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले माला र अबिर लगाई स्वागत गर्नुभयको छ।






















