अरमान कुमार उपाध्याय कार्तिक २१ गते
बौधिमाई मेयर कपको चौथो खेलमा इनर्वा टिम विजयी भएका छन । रौतहटको बौधिमाई नगरपालिकाको सहयोग तथा रौतहट जिल्ला क्रिकेट संघ गौरले आयोजना गरेको मेयर कप क्रिकेट टूर्नामेन्टको लिग मैचको अन्तिम चौथो खेलमा ईनर्वा टिमले जित हाथ परेका छन ।
बौधिमाई नपाको सरमुजवा गुजरा माई क्रिकेट खेल मैदानमा कार्तिक १८ गते देखि सुरु भएको मेयर कप २०८० क्रिकेट प्रतियोगिताको आज मंगलवार भएको लिग मैचको अन्तिम चौथो मैचको खेलमा ईनर्वा टिमले ४ विकेटले मटिअर्वा टिमलाई पराजित गर्दै जीत हात परेका छन । लिग मैचको अन्तिम खेलमा बौधिमाई नपा वडा नं.२ इनर्वा टिम र बौधिमाई नपा वडा नं.३ मटिअर्वा टिम बिच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धाको सुरुवातमा मटिअर्वा टिम टॉस जिती ब्याटिंग रोज्दै निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउदै २ सय १५ रन जोड़ेका थिए । २ सय १६ रनको लक्ष्य पाएको इनर्वा टिमले निर्धारित २० ओभरको खेलमा १६ ओभर ४ बॉलमा ६ विकेट गुमाएर लक्ष्य पछ्याउदै ऐतिहासिक जित हाथ परेका छन ।
बौधिमाई नगरपालिकाको सरमुजवा स्थित गुजरा माई क्रिकेट खेल मैदानमा विगतका दिनमा भएको सम्पूर्ण क्रिकेट खेलहरुको रन रेकर्ड तोड़दै आज भएको खेलमा मटिअर्वा टिमले २० ओभरमा २ सय १५ रन बनाएका थिए । जवाफी बल्लेबाजीमा उत्रेका इनर्वा टिमले मात्र १६ ओभर ४ बॉलमा सानदार चौका र छक्का प्रहार गरेर २ सय १६ रनको लक्ष्य पछ्याउदै गुजरा माई क्रिकेट खेल मैदानमा नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । सलामी बल्लेबाजको रुपमा ओपनर आएका इनर्वा टिमका अनुभवी खेलाड़ी जितेन्द्र प्रसाद पटेलले ऐतिहासिक बल्लेबाजी गर्दै आफ्नो पारिमा व्यक्तिगत स्कोर ९३ रन बनाएर टिमलाई बिजयी गराउन अहम भूमिका खेलेका हुन । निज पटेल राम्रो पारी खेल्दै ९३ रन बनाई १ विकेट लिएर आजको मैचको मैन अफ द मैचको पुरस्कारबाट सम्मानित भएका हुन ।
यस प्रतियोगिताको लिग मैचको अन्तिम खेल सँगै बिजयी भएका टिमले अब हुने सेमीफाइनलको खेलमा सहभागी हुने आयोजकले बताएका छन । अब हुने सेमीफाइनल मैचमा भोली २२ गते बुधवार वडा नं. २ इनर्वा र वडा नं. ७ बंकुल को खिलाडि बिच तय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0