
माघ२६ गते अरमान कुमार उपाध्याय रौतहट / स्थान गुजरामाई को पर्तीमा बौधिमाई नगरपालिका सरमुज्वा को आयोजना मा रास्ट्रपति रनिंङ सिल्ड प्रतियोगिता खेल २०८० शिक्षा संयोजक रमेष राय यादव ज्यु को अध्यक्षता मा सुरु भएको हो।राष्ट्रपति रनिंङ सिल्ड खेल को प्रमुख अतिथि नगर प्रमुख प्रदिप कुमार यादव ज्यु ले उद्घाटन गरि खेल सुरु गरेको हो। ,विशिष्ट अतिथि नगर उपप्रमुख प्रमिला जयस्वाल,प्रशासकिय अधिकृत प्रमोद राय यादव ,लेखा प्रमुख अरबिन्द यादव लगायत वाडन.१देखि ९ सम्म को वाडा अध्यक्ष ,बिन्देसवर राय यादव ,रामजोधी राउत र कार्यपालिका सद्स्य सुनिल प्र.जयस्वाल ज्यु को उप्स्थिती मा खेल सुरु गरिएको छ ।यो खेलमा नगर पालिका भित्र रहेको १८ बिधालय मध्ये ७ वटा परेको हो भन्ने रमेष यादव ले बताए ,मा .बि.मध्ये ३र आधारभुत मध्ये ४ स्कुल रहेको हो ।यो खेलमा ७ बिधालय को बिद्यार्थी मध्ये २५० को सहबागी मा सुरु भएको रमेष यादव ले बताए ,यो खेल २६ गते देखि २८गते सम्म हुने तय भएको हो।यो खेलमा जुनसुकै बिधालय ले बिजय गरेमा सो बिद्यार्थीहरुलाई पुरस्कार ले समानित गर्ने नगर प्रमुख ले भनेका थिए ।आजको खेलमा बौधिमाई न. पा.को शिक्षक लगायत अन्य आम जान्ताहरु को सहभागी रहेको थिए ।

























