फाल्गुन ४ गते

रौतहट क्षेत्र नं २ अन्तर्गत पर्ने ईशनाथ नपा ५ हिजो मोतिपुरमा र आज वडा नं ७ ठूलो घिउरा गाउँमा सरस्वती माताको मुर्ति सेलाउने क्रममा समाजिक सद्भावमा खलल पुर्‍याउने र केही अपराधी मनसिकताका अराजक, उदण्ड समाजमा विभाजन गराउने र द्वन्द फैलाउनेहरूले आज दिउँसै देखि आस्थाको केन्द्र बिन्दु माता सरस्वतीको मुर्ति सार्वजनिक बाटो भएर जाँदै गरेको क्रममा रोकेर विवाद खडा गरि हिन्दू समुदायको धर्मप्रति प्रहार गर्ने कुरा सुनेर मेरो साह्रै मन दुखेको संघीय सांसद किरण कुमार साहले बताएका छन् ।

हाम्रो क्षेत्रमा केही अराजक तत्वले केही गर्न नसकेर अहिले समाजिक सद्भाव बिगार्न खोजिरहेकोले मेरो गम्भीर ध्यानाकर्षण भएको सम्पूर्ण क्षेत्रबासीमा जानकारी गराउन चाहन्छु । अब हाम्रो हिन्दू सनातनी धर्म संस्कृतिलाई जो कोई यदि मास्ने प्रयास गर्दैछ भन्ने अब उसको सपना कुनै हालतमा पुरा हुन दिने छैन त्यसको लागि म प्रतिबद्ध रहेको उनले बताए ।

हामी धेरै सहन गर्यौ, अब सहन सक्दैनौं, हाम्रो धर्म संस्कृति माथी बारम्बार आक्रमण गरेर पलकेकालाई अब छोडिन्न। यति भन्दै भोलि १० बजे ईशनाथ नपा वडा नं २ ईशनाथ महादेव मन्दिर स्थान अौरैया स्थित आफ्नो क्षेत्रको विवाद बारे बुझ्न र दोषीलाई अविलम्ब पक्राउ गरि कार्वाहीको लागि सम्बन्धित निकायलाई भेट्न र सम्पूर्ण ईशनाथ नपाका पीडित हिन्दू समुदाय तथा क्षेत्रभरिको हिन्दू समुदाय त्यहाँ आइदिन हुन उहाँले आग्रह गरेका छन् साथसाथै मोतिपुर र घिउरा टोलमा भएको हिन्दू माथि जघन्य अपराध बारे थप्प अनुसन्धान र वास्तविक घटना कसले ? कसको इसारामा घटाएको छ भने सार्वजनिक रूपमै सबैसँग बुझ्न एवं घाइते पीडितहरूसँग भेट्ने कार्यक्रम रहेको सांसद साहले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0