
रूपेश यादव।
जेठ १४ गते।
फतुवा बिजयपुर नगरपालिकाले बिधुतकाे बिल समयमा भुक्तानी नगरेकोले आज ज्ञापनपत्र बुझाईएको छ ।
आज साेमबारका दिन एमालेका नगर सचिव संताेष कुमार साहकाे नेतृत्वमा गएका ब्यक्तिहरूले कार्यवाहक मेयर अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पाल लाई ज्ञापनपत्र बुझाएको हाे।
साे नगरपालिकाले बिगतका बर्षहरूमा उपभाेग गर्दै आई रहेको बिजुलीकाे रकम पालिकाले तिर्दै आईरहेकाेमा र गत बर्ष देखी रकम नतिरेकोले पालिका भित्रका जनताहरू निरास बनेको हुन।
भाेलीकाे दिनमा के हाेला कुनै बेला प्राधिकरण आएर लाईन काटदिन्छ कि त्यो डरले चिन्ता सताईरहेकाे छ।
पटक पटक बैठक बस्दा बिजुलीकाे रकमकाे कुरा जनप्रतिनिधिहरूले उठाउने गर्दछ र रकम छुटयाई सकेको हुदा पनि हाल सम्म रकम भुक्तानी नभएकोले नगरबासी थप अन्याैलमा फसेका हुन।
अबकाे एक हप्ता भित्र बाकी बक्यौता रकम तिर्न अनुरोध समेत ज्ञापनपत्र मार्फत गरेका हुन।
र यस ज्ञापनपत्र मार्फत समस्याको समाधान भएन भने हामि बाध्य भएर कडा आन्दोलन बाहेक कुनै बिकल्प नरहेको र साे बाट हुने सम्पुर्ण छति नाेक्सानी नगरप्रमुखलाइ व्यहोर्नुपर्ने ज्ञापनपत्रमा उलेख छ।
साे कार्यक्रममा प्रभात कुश्वाहा, वडा प्रत्यासी नरेन्द्र साह लगाएतका ब्यक्तिहरूकाे सहभागीता रहेका थियो ।

























