
रौतहट Baudhimai Municipality – बौधिमाई नगरपालिका
जेष्ठ २१ गते देखि २५ गते सम्मआई.पि.भी खाेप अभियान २०८१ पालिका स्तरीय खाेप समन्वय समिति अभिमुखिकरण तथा याेजना गाेष्ठी सम्पन्न भएको छ।मंगलबार को दिन बौधिमाई नगरपालिका स्वास्थ्य शाखाको आयाेजनामा श्री संकर ममाध्यमिक बिधालय सरमुज्वामा उक्त कार्यक्रमकाे आयाेजना बाेलाएको थियो ।
कार्यक्रमलाई सम्बाेधन गर्दै स्वास्थ्य शाखा प्रमुख ताकेशवर पटेल र सह संयोजक राकेश यादव ले याे कार्यक्रमले मानिसहरूमा लाग्ने पाेलियाे राेग बिरूद्धकाे याे खाेप हाे र याे खाेप खासगरी ६,७,८ बर्षकाे बालबालिकाहरूलाई लगाउनु पर्ने छ।
कार्यक्रमकाे बारेमा सहजिकरणका रूपमा बाेल्दै राकेश यादव ले याे कार्यक्रम यस नगर भित्र २१ गते देखि २५ गते सम्म सञ्चालन हुने वहाले जिकिर गर्नु भयो र आई.पि.भी खाेप अभियानलाई सफलता पुर्वक सम्पन्न गर्नमा समितिले नेतृत्वदायी एवंम समन्वयात्मक भुमिका निर्वाह गर्न अनुराेध गरे साथ साथै आई.पि.भी खाेप अभियान सफलता पुर्वक सञ्चालन बिभिन्न निकाय संग समन्वय गरी स्थानीय स्राेतकाे पहिचान र परिचालन गर्न
आग्रह गरे। साथमा सञ्चारकर्मीहरूलाई यस बिषयमा गल्ग र भ्रामक समाचार सम्प्रेशन नगरी सत्य तथ्य बुझी समाचारबनाउन वहाले अनुराेध गरेका हुन।
कार्यक्रमलाई समापन गर्दै बौधिमाई नगरपालिका को नगर प्रमुख प्रदिप कुमार यादव ले याे खाेप लगाउन सम्पुर्ण नगरबासीमा आग्रह गरे ।
साे कार्यक्रममा स्वास्थ्य सह सन्याेजक राकेश यादव, वडा अध्यक्षहरू,कार्यपालिकासदस्य ,संस्थाकाप्रतिनिधिहरू,स्कुलका प्रधानाध्यापकहरू, स्वास्थ्यकर्मीहरू र सञ्चारकर्मीहरूकाे समेत उपस्थिति रहेका थियो।

























