
रूपेश यादव ।
जेठ २७ गते।
गुजारा नगरपालिका ६ मा रहेको श्री प्राथमिक विद्यालय बेदाैलिमा आज छात्रवृत्ति वितरण कार्यक्रम भएको छ । आईतवारका दिन एक कार्यक्रमका बीच नगरपालिका बाट विद्यालयलाई उपलब्ध गराएको छात्रवृत्ति वितरण गरिएको हो । करिब १५९ जना बिधार्थीहरूलाई उक्त छात्रवृत्ति वितरण गरिएको छ ।
जसमा कक्षा १ देखि ५ सम्मका बालिकाहरू लाई छात्रवृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक हृदयनरायण साहले जानकारी दिनुभयो ।
साे नगरपालिकाका शिक्षा शाखा प्रमुख शिवमंगल साहकाे बिशेष जाेडमा छात्रवृत्ति बितरण भएको बुझिएको हाे।
उक्त छात्रवृत्ति बितरण कार्यक्रममा वडा अध्यक्ष शेख सलाम, बिधालय ब्यवस्थापन समितिका अध्यक्ष बिकेश राय यादव ,गाउँका बुद्धिजीवी ,भद्रभलादमीकाे उपस्थिति रहेका थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























