असार १ गते                                  आज बौधिमाई नगर पालिका  वाड न.७ को सानो सीमा स्तम्भ नं. ३५५/७ को नजिकैको आँप बगैचामा भएको अन्तरक्रिया कार्यक्रममा विवाह, चाडपर्व तथा अन्य धार्मिक कार्यक्रममा सीमाबासीहरुले भारतबाट घरयासी सामान लगायत कृषिजन्य, बिउ बिजन र मलखाँद ल्याउदा बेहोर्नु परेको हैरानी तथा समस्या, छोटी भन्सार कार्यालय संचालन नहुँदा बेहोर्नु परेको समस्या, भारतीय एसएसबीले आवत जावतको समयमा सीमाबासीसँग गर्ने व्यवहार, सीमासँग पालिका जोडिएका स्थानीयबासीहरुले आफूले उत्पादन गरेका कृषि लगायतका अन्य सामाग्रीहरु जिल्लाभित्र एक स्थानबाट अर्को स्थानमा लैजादा सामाजिक संञ्जालको दुरुपयोग गर्दै फोटो भिडियो बनाई समाचार प्रकाशन, सीमा तथा दशगजा नजिक रहेका मदिरा पसलहरु संचालन गर्ने समय सम्बन्धमा, सीमा नाकाबाट आवत जावत बारे छ्ल फल गरेको हो।बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार यादवले बर्षातको समयमा हुन सक्ने बाढी/डुवानबाट हुन सक्ने क्षतिको रोकथाम तथा न्यूनिकरणको लागि स्थानीय तहको तयारीको सम्बन्धमा समेत अन्तरक्रिया सम्पन्न भएको सोही क्रममा छलफलमा उठेका समसामयिक बिबिध बिषयमा नगर प्रमुख यादवले आफू सम्बद्ध विषयहरुमा सम्बोधन गर्दै सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षामा भुमिका र महत्व सम्बन्धमा समेत मन्तव्य राखेका थिए ।

बौधिमाई नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार यादवले बर्षातको समयमा हुन सक्ने बाढी/डुवानबाट हुन सक्ने क्षतिको रोकथाम तथा न्यूनिकरणको लागि स्थानीय तहको तयारीको सम्बन्धमा समेत अन्तरक्रिया सम्पन्न भएको सोही क्रममा छलफलमा उठेका समसामयिक बिबिध बिषयमा नगर प्रमुख यादवले आफू सम्बद्ध विषयहरुमा सम्बोधन गर्दै सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षामा भुमिका र महत्व सम्बन्धमा समेत मन्तव्य राखेका थिए ।
सो अन्तरक्रियामा सीमा सहजीकरण समितिका संयोजक तथा सदस्यहरु, सीमासँग जोडिएका बौधिमाई , परोहा नगर पालिकाका वडा अध्यक्षहरु/संयोजकहरु, पत्रकारहरु, स्थानीय भद्रभलादमीहरु, शिक्षकहरु, स्थानीय सीमाबासीहरु लगायत सशस्त्र प्रहरी कर्मचारीहरु गरी अन्दाजी १५० जनाको उपस्थितिमा “सीमाबासीसंग सशस्त्र प्रहरी” अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको उपरीक्षक हुमागाईले जनकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0