रूपेश यादव।
राैतहट, असार १४ गते

फतुवा बिजयपुर नगरपालिकामा पशु स्वास्थ्य शिविरकाे नाममा लाखौं रकम झ्वाम पार्दै गरेको रहस्य बाहिरीएकाे छ। पालिकाका वडा नम्बर ५ सन्तपुर दाेस्तीयामा आज ९ दिने नि:शुल्क पशु स्वास्थ्य शिविर चार दिनपछि सञ्चालनमा ल्याइएको हो ।
मंगलवारदेखि नै सञ्चालन गर्नु पर्ने उक्त शिविर आज चारदिन पछि कार्यक्रमलाई सञ्चालनमा ल्याईएकाे हाे ।
फतुवा बिजयपुर नगरपालिकाका कार्यवाहक मेयर अम्बेया खातुनकी पहलमा साे नगरपालिकाको एघारौं वडामा ९ दिने नगरस्तरिय पशु स्वास्थ्य शिविर आज सञ्चालन गरिएको थियो ।
शिविर सञ्चालन हुदा कुनै किसिमको सुचना नगरी आफ्नो मनले शिविरलाई सञ्चालन गरेको विभिन्न किसिमको आरोपहरु लागेका छन् ।
निशुल्क पशु स्वास्थ्य शिविरमा किसानहरूले अलिकति पनि लाभान्वित नरहेको स्थानीयहरूले आराेप लगाएका हुन।
नि शुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गर्नु साैभाग हाे तर यसरी ब्यानर टासेर ११ गते देखि सञ्चालन हुने पर्ने शिविर आज १४ गते सुरू गरेर बजेट पचाउने उदेश्य रहेको स्पष्ट बुझिएको छ।
याे शिविर लाई कुनै ब्यक्तिले उद्घाटन समेत नगरी हावातालमा शिविर सञ्चालन भएको हाे।
त्यसमा पनि एक किसिमको काँन्मेक्टिन जुकाकाे आैषधी मात्र प्रयोग गरिरहेकाे रहस्य बाहिरिएको छ ।
फतुवा बिजयपुर नगरपालिकाका पशु चिकित्सक प्रमुख दायाराम यादव संग साेधदा यसमा आफुहरूकाे कमजोरी नभएको र जति आैषधी का.बा. मेयर खातुनले उपलब्ध गराएका हुन त्यती नै आफुहरूले पशुपंक्षीलाई प्रयाेग गरिरहेको वहाले बताउनु भयाे।
यस बिषयमा कार्यवाहक मेयर खातुन संग साेध्दा वहाकाे टेलिफोन वहाकाे श्रीमान ले उठाईएकाे र आज केहि कमजोरी भएको हाे , भाेली देखि राम्रो संग सञ्चालन हुने छ र त्यसपछि अरू खासै यसबिषयमा केहि भनेकाे छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0