रन्धिर साह।

साउन १३ गते नेपाल पब्लिक स्कुलका एक छात्राले बिधालय टप गरेकी छिन् । रौतहटका देवाही गोनाही नगरपालिका वडा नम्बर ६ कर्कच गाउँ स्थित रहेको नेपाल पब्लिक स्कुलले आज आफ्नो प्रथम त्रैमासिक

परिक्षाको नतिजा सार्वजनिक गरेको सूचना अनुसार कक्षा १ मा अध्यन रत रहेकी प्रियान्शु कुमारी यादवले बिधालय टप गरेकी हुन् ।

यस्तै सोही कक्षामा दोस्रोमा अस्मिता कुमारी र तेस्रोमा अनिलकुमार यादव रहेको बिधालयका प्रधानाध्यापक अरबिन्द कुमार यादवले बताएका छन् । उनका अनुसार कक्षा २ मा राजा बाबु कुशवाहा प्रथम, करण यादव दोस्रो र रितिक दास तृतीय भएका छन् भने कक्षा ३ मा रामा संकर यादव प्रथम, रतनेश यादव दोस्रो र तृतीयमा धिरज पासवान रहेको बताए ।

आज (आइतबार) एक कार्यक्रमको आयोजना गरि प्रथम, दृतिय र तृतीय भएका छात्रा छात्रहरुलाइ पुरस्कार सहित मेडेल र टीका माला लगाइ बधाई दिएको थियो । बिद्यार्थीहरुलाई शिक्षण क्षेत्रमा आकर्षित गर्ने उदेश्यले आज सो कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाइ सम्मानित तथा पुरस्कार गर्ने गरेको बिधालयका शिक्षक ध्रुप कुमार दासले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0