
अरमान कुमार उपाध्याय अशोज ५ गते रौतहट जिल्ला को राजपुरनगरपालिकामा डायरिया को बिरामीको संख्या बढ्दै गएको छ । गएको बुधवार एक जनाको बिरामी भएको राजपुर नगरपालिका वड़ा नम्बर ४ र ३ को बिरामीको संख्या बढ्दै गएको हो । राजपुर नगरपालिकामाँ रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिनमा डायरियाको बिरामीको संख्या २३ पुगेको छ । प्राथमिक स्वास्थ्य केन्द्रको इंचार्ज मीनाजु रहमानले डायरियाको बिरामीको संख्या २३ पुगेको जानकारी दिएका छन ! प्रारंभिक रुपमा डायरियाको लक्षण देखिएका २३ बिरामीको उपचार प्राथमिक स्वास्थ्य केन्द्र मा भई रहेको जानकारी गराएका छन । सबै भन्दा बढ़ी बिरामी राजपुर नगरपालिका वड़ा नम्बर ४ का रहेका छन ! वड़ा नम्बर ४ मा २० जना बिरामी रहेका छन भने वड़ा नम्बर ३ मा २ जना र वड़ा नम्बर ७ का १ जना बिरामी रहेका छन । डायरियाको संक्रमण बढेको बिषयमा प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज रहमानले सरसफाईकोको कारण यस्तो अवस्था सृजना भएको बताएका छन । प्राथमिक स्वास्थ्य केन्द्रमा आएका बिरामीको उपचार गंभीरता पूर्वक भई रहेको बताउँदै इन्चार्ज रहमानले नमूना संकलन गरी प्रादेशिक अस्पताल गौर र मधेश प्रदेशको प्रयोगशाला जनकपुरमा परिक्षणको लागि पठाइएको उनले बताए । डायरिया संक्रमित भएर उपचारको लागि प्राथमिक अस्पताल राजपुरमा पुगेका बिरामी स्थानीय वड़ा नम्बर ४ निवासी शेख सोयबले प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सकहरुले राम्रो संग हेरचाह गरी रहेको प्रतिक्रिया दिएका छन । राजपुर नगरपालिकाका नगर प्रमुख डाक्टर राजिक आलमले जनताको स्वास्थ्यको सवालमा कुनै किसिमको समझौता नगर्ने बताएका छन ! नगरपालिकामा भएको संक्रमणको बिषयमा गहन रुपमा छानविन अनुसन्धान गरी बास्तविक्ता पता लगाउन निर्देशन समेत दिएको उहाले जनाए । प्राथमिक स्वास्थ्य केन्द्रमा चाहिने आक्सीजन , जीवन जल , सलाइन पानी लगायतको औषधि उपलब्ध रहेको समेत प्राथमिक स्वास्थ्य केन्द्रले जानकारी दिए।प्रादेशिक अस्पताल को अध्यक्ष अनवर हुसेन ,र dr कृष्ण मुरारी ले आज अनुगमन गर्दा ,यहा को dr संग सलाह सुझाव गरेको हो।यो किन भईरहेको ,बास्तबमा पता लगाई यो डायरिया बिरामी लाई रोकथाम गर्न को लागि प्रादेशिक अस्पताल बाट विभिन्न किसिमको औषधि आई सके।






















