
न्युज डेक्स । समाचार जस्ता भिडियोको आधारमा गुजारा माइका सम्पादक अरमान कुमार उपाध्याय अधिकारीलाई धम्की दिएकोप्रति पत्रकारिता क्षेत्रसँग सम्बद्ध विभिन्न सङ्घसंस्थाले आपत्ति जनाएका छन् । रौतहटका क्रियाशील पत्रकार अधिकारीले गुजारा माइ मिडियाका लागि यही कार्तिक १५ गते बौद्धिक माई नगरपालिका सात सरमुजवा बंकुल बजारमा अवस्थित चन्द्रज्योति हस्पिटल सञ्चालक अर्मेन्द्र कुमार यादवले एउटा बिरामीलाई जोड जबरजस्ती गरी दोहोरो पैसा असुली गरेको छन । पत्रकार अरमानकुमार उपाध्यायले समाचार जस्तो भिडियो सङ्कलन गरेको सामाजिक सञ्चारमा निकै भाइरल भएको हुनाले डाक्टर अर्मेन्द्र कुमार यादवले पत्रकारलाई धम्की दिएका छन्।
पत्रकार उपाध्याय लाई दिनप्रतिदिन धम्कीको साथमा कुनै कार्यक्रम गएको फोटो राखी फेसबुक जस्ता सामाजिक सञ्चारमा गाली बेइज्जती गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

























