
अशाेज ३० गते
प्रेमचन्द्र झा
राैतहट । मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या सचिव संजय कुमार ठाकुरले जन स्वास्थ्यकर्मीलाई आ आफ्ना कार्य क्षेत्रमा केही फरक कार्य गरेर देखाउन सुझाव दिएका छन ।
स्वास्थ्य कार्यालय राैतहट द्वारा गाैरमा आयोजित दुई दिने समिक्षा गोष्ठीको प्रमुख अतिथिको आसनबाट उदघाटन गर्दै सचिव ठाकुरले विगत प्रयासहरुले खाेजे जस्तो परिणाम आउन नसकेकोमा केही फरक गर्न जरुरी रहेको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सतरी प्रतिशत बजेट भाैतिक निर्माणमा रहेका छन । जन स्वास्थ्यका ईण्डिकेटरमा तीस प्रतिशत बजेटले साेचे जस्तो परिणाम दिन मुस्किल छ । राेग महामारी पर्खिदैन त्यसैले अहिलेकाे तीन तहकाे सरकारमा स्थानीय सरकारले पनि आफ्ना पालिकाको जनताको स्वास्थ्यका लागि स्थानीय स्तरमा कार्यक्रम निर्माण गरि सञ्चालनमा सचिव ठाकुरले जाेड दिएका थिए । निमित स्वास्थ्य प्रमुख महेश साहको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राम अयाेध्या यादव , प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी , जनस्वास्थ्य अधिकृत संजिव यादव सहितले जिल्लाका स्वास्थ्य क्षेत्रका समस्या तथा समाधानका उपाय बारे बोलेका थिए। आ.व.२०८०/०८१ को सो वार्षिक समिक्षामा स्वास्थ्य कार्यालयको तर्फबाट जनस्वास्थ्य अधिकृत रामजनम प्रसाद यादव र पराेहा नगरपालिकाकाे तर्फबाट स्वास्थ्य शाखा प्रमुख जलन्धर यादवले वर्ष भरि गरिएको कार्यक्रम तथा उपलब्धि समेटिएको विवरण प्रस्तुत गरेका थिए ।

























