
- कार्तिक २६ गते रौतहट को परोहा नगरपालिका स्वास्थ्य शाखा को आयोजना मा वाड न. ३ तेजापाकड मा स्वास्थ्य चौकी बर्थिङ सेन्टरमा गर्भवती महिलाहरुको लागि निशुल्क अल्ट्रासाउन्ड सेवा शुरु गरिएको छ।जुन हाल लाई मासिक रुपमा १ दिन महिनाको अन्तिम सोमवार को दिन हुने छ,भने स्वास्थ्य शाखा प्रमुख जलन्धर यादवले जानकारी गराउनु भएको छ।यसै सन्दर्भमा परोहा नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत मो महफुज अहमद ज्यु ले भन्नु भो कि हाल परोहा अस्पताल बाट हप्ता को २ दिन सेवा दिदै आएको मा अब देखि त्याहाँको सेवा को साथ साथै तेजापाकड मा महिना को अन्तिम सोमबार तथा रामपुर खाप स्वा चौकी मा १ दिन महिनाको अन्तिम आइतवार सेवा प्रवाह गरी सबै बडा लाइ समेट्ने छ।यहा जान्ताहरु खुशी भएर सम्पुर्न पालिका को कर्मचारी लाई धन्यबाद दिदै स्थानीय ले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1






















