
“लागू औषध हटाऔं, युवा शक्ति बचाऔं!” भन्ने नारासहित गरुडा नगरपालिका-०९, विर्ता बजारमा आयोजित “लागू औषध दुर्व्यसन विरुद्ध जनचेतना कार्यक्रम” सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यक्रमको संयोजन सामाजिक अभियन्ता शैलेन्द्र यादवले गरेका थिए भने जनकामना फाउन्डेशनले कार्यक्रमको आयोजना गरेको थियो।
उक्त कार्यक्रममा प्रमुख वक्ताहरूले लागू औषध दुर्व्यसनको असर, यसले समाजमा ल्याउने नकारात्मक परिणामहरू र यसबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा गहन छलफल गरेका थिए। शैलेन्द्र यादवले आफ्नो सम्बोधनमा दुर्व्यसनको बढ्दो प्रकोपलाई रोक्न युवा तथा अभिभावकको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए। उनले समाजमा सकारात्मक परिवर्तन ल्याउन यस किसिमका जनचेतनामूलक कार्यक्रमको आवश्यकता अझै बढिरहेको बताएका छन्।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले लागू औषध दुर्व्यसनविरुद्ध आफूले सक्दो योगदान गर्ने प्रतिबद्धता जनाएका थिए। जनकामना फाउन्डेशनको यस पहलले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ र आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता जाहेर गरेको छ।

























