रौतहट मंसिर १५ गते

हावा को तालमा भ्रम फैलाउने ,जथा भावी समाजिक संजाल समाचार सम्प्रेसन गर्ने  पछिल्लो केही दिन यता कटहरिया नगरपालिका बाट रौतहटको एक संचार माध्यमलाई ९ लाख रुपैया नियम विपरीत भुक्तानी दिइएको भनेर समाजिक संजालमा भ्रम छर्ने कार्य भएको सो पालिकाका लेखापाल कामेश्वर सहनीले जानकारी दिएका छन । अनाधिकृत रुपमा बनाइएका समाजिक संजाल बाट लगाइएको आरोपमा कुनै सत्यता नरहेको र सो किसिमको कुनै भुक्तानी समेत नभएको लेखापाल सहनीले बताए । स्थानिय तहमा कामै नगरी भुक्तानी लिनेहरु पछिलो समय सक्रिय भएको र स्थानिय तहको बजेटलाई समाजिक संजालमा अफवाह फैलाइ एक प्रकारको बलैकमेल गरि कर्मचारी माथी नै गलत मन्साय राख्ने समुहहरुले आफू विरुद्ध गलत अफवाह फैलाइ आफुलाइ ब्लैकमेल गर्ने सोच राखेको सहनीले बताए । कार्यालयको नियमित कामकाजको क्रममा नियम पुर्व रित पुर्याइ आएको बाहेक कुनै पनि भुक्तानी कसैको ब्यक्तिगत सम्बन्ध र दबाबमा आफुले स्वीकार नगर्ने लेखापाल सहनिको दाबी रहेको छ । लेखापालको जिम्मेवारी योजना निर्माण र संचालन गर्नु नरहेको तर भुक्तानी गर्ने बेला नियम अनुसार प्रक्रिया पूरा भएको नभएको हेर्नू रहेकोले आफू कानुनको दायरा भित्र रहेर इमानदारी पुर्व कामकाज संचालन गर्ने गरेको वहाले बताएका छन । त्यस्तै आफू इमानदारी पुर्वक काम काज गरि राखेको अवस्थामा केही गलत तत्वको स्वार्थ पुर्ती नहुदा आफू विरुद्ध फेक एकाउन्ट बनाइ चरित्र हत्या गर्ने विरुद्ध कानुनी उपचारको बाटो अपनाउने सहनीको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0