रौतहट मंसिर १८ गते                                       शिक्षा यूवा तथा खेलकुद शाखा  बाैधीमाई नगरपालिका काे आयाेजनामा ३३ औ अन्तराष्ट्रिय अपाङ्ग दिवस काे उपलक्ष्यमा श्री अपाङ्ग आवासीय आधारभुत विद्यालय बाैधीमाई न.पा.८ सरमुजवामा अध्ययनरत अपाङ्ग सम्पुर्ण विधार्थीहरूलाई पाेशाक र शैक्षिक सामाग्रीहरू साथ हस्तान्तरण सहित सम्मान कार्यक्रम वडा नं.८ का वडाध्यक्ष श्री विन्देश्वर राय यादव को अध्यक्षता रहेका थिए । यस कार्यक्रम को प्रमुख अतिथि नगर प्रमुख श्री प्रदिप कुमार यादव , विशिष्ट अतिथी नगर उप-प्रमुख प्रमिला देवि , शिक्षा संयोजक रमेष यादव वडा अध्यक्ष मुक्तिनारायण मिश्र,रामजाेधी राउत कुर्मी,कार्यपालिका सदस्य श्री सुनिल प्रसाद जयसवाल ,आशा बैठा , हरिचन्द्र दास , लगायत श्री रामलोचन प्रसाद जयस्वाल भरभलादनी,बुधिजिबी , , वडा सदस्यहरू, समाजसेवी समेतकाे उपस्थितिमा कार्यक्रम सभ्य र भब्य को सथमा सम्पन्न भएको छ।, १८ मङ्सिरः अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्ले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ ।

नेपालमा पनि ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने राष्ट्रिय नारासहित देशभरका विभिन्न सरकारी तथा गैरसरकारी सरोकार भएका निकायले जनचेतनामूलक कार्यक्रम गरी यो मनाउँदै छन् । दिवसका सन्दर्भमा यसैबमोजिम अन्तर्राष्ट्रिय र राष्ट्रिय नाराको प्रयोग गर्न÷गराउन सरकारले आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0