
अरमान कुमार उपाध्याय मंसिर २० गते
बौधीमाई नगरपालिकाको आयोजना मा स्वास्थ्य शाखा प्रमुख ताकेशवर पटेल को अध्यक्षता मा राष्ट्रिय२१औ महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिवस मनाईयो।
आजको कार्यक्रम को प्रमुख अतिथि
नगर प्रमुख प्रदीप कुमार यादव , विशिष्ट अतिथि प्रमुख प्रशासकिय अधिकृत संदेश कुमार यादव , नगर उप प्रमुख प्रमिला जयस्वाल रहेका थिए। यस कार्यक्रम मा स्वास्थ्य सहायक प्रमुख राकेश यादव लगायत वार्ड नं ८ काे वडा अध्यक्ष विन्देश्वर राय यादव र वार्ड नं ९ वडा अध्यक्ष मुक्ति नारायण मिश्रा र वार्ड नं १ काे वडा अध्यक्ष रामजोधी राउत कुर्मी र कार्यपालिका सदस्य हरूको उपस्थित मा सभ्य र भब्य को साथमा मनाईएको छ।।आज देशभरमा २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिवस मनाइँदै छ । ‘विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता’ भन्ने नाराका साथ आज यो दिवस मनाउन लागिएको हो ।
























