रौतहट पौष २२
रौतहटको परोहा नगरपालिकाको स्थानीयहरुलाई नि:शुल्क एल.पि.जी ग्यास सलिन्डिर र चुल्हो सेट बितरण कार्यक्रमले गर्दा स्थानीय खुसि भएका छन् ।

बिकास र पुर्वाधारमा द्रुत गतिमा अगाडी बढिरहेको परोहाले धुवाँमुक्त नगर अभियान अन्तर्गत सोमबार ग्यास चुल्हो सहित ग्यास सलिन्डिर बितरण अभियानलाई अगाडि बढाएपछि नगर बासिको मुहारमा खुसि छाएको हो।

परोहा नगरपालिका- ४ मा रहेको प्रहरी चौकीको प्रांगणमा बाट आइतबार र सोमबार गरि वडा ४,५र ६ का २७ सय जनालाई नगरप्रमुख शेख वकिलले चुल्होसहतिको सिलिन्डिर बितरण गरेपछि उहाँको जयजयकार हुन थालेको हो।

मेयर वकिलले भने -“भोट माग्न जादा महिला दिदि बहिनिको एउटै माग थियो हामीलाई ग्यास चुल्हो सिलिन्डर चाहिन्छ ,मैले पनि चुनावमा प्रतिबद्धता गरेको थिए ,त्यहि प्रतिबद्धता पुरा गर्न लागि परेको छु ।

दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा आत्मनिर्भर ग्रामीण क्षेत्रका घर परीवार सम्म एल.पी जी ग्यास जस्ता सफा खाना पकाउने इन्धनको पहुँच बिस्तार गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको मेयर शेख वकलिले बताउनु भएका छन् ।

ग्यास सिलिन्डिर बितरणबाट आर्थिक रुपमा बिपन्न परिवार लाभान्बित हुने बिश्वास ब्यक्त गर्दै माटोको चुल्हो र दाउराले खाना पकाउने खासगरी महिला दिदि-बहिनीहरुको स्वास्थमा हुने खराबी रोक्न ग्यास चुल्होबाट सहयोग हुने , समयको बचत हुने, महिलाको आत्मसम्मान बढ्ने र विभिन्न स्वास्थ्य समस्याबाट बचाउने हुनाले आफूले आवश्यक ठानी यो अभियान सञ्चालनमा ल्याएको मेयर वकलिको भनाई छ।

पालिकाले दिएको ग्यास सिलिन्डिर लिदै स्थानीय नागेन्द्र पटेले यहाँका स्थानीय वर्षौदेखि दाउरा र रुखको पात उपयोग गर्दै खाना र खाजा बनाउन बिबस थिए।जसका धुवाँ- धुलोले गर्दा विभिन्न रोगबाट ग्रसित भई पीडित छन् । जनताको पिडालाई सम्बोधन गर्न मेयर शेख वकिलले स्थानीय प्रती देखाएको हार्दिकताको जति सराहना गरेपनि कम हुने प्रतक्रिया दिए।

मेयर वकिलको प्रयासले धुवाँधुलो रहित ईन्धनमा खाना पकाउने सौभाग्य पाएपछि आफुहरु निकै हर्सित भएको स्थानीय हेमनती देबीले बताइन् ।
ग्यास चुल्हो वतिरण कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, नगर पालिकाको कर्मचारी, स्थानीय भलादमीहरु,सुरक्षा निकाय र विभिन्न सञ्चार माध्यमको प्रतिनिधिहिरु सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0